रिपोर्टर्स
क्लब नेपाल तनहु“ शाखाले शनिवार गरेको साक्षात्कारमा उनले सभापति सुशील
कोइरालाले पार्टीको नेतृत्व गरिरहेको र बरिष्ठ नेता शेरबहादुर देउवा
प्रधानमन्त्री भइसकेको भन्दै यो पटक सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने
दावी गरेका हुन् । ‘मैले सभापति र शेरबहादुरजीलाई भनिसकेको छु, यसपटक
सरकारको नेतृत्व गर्ने जिम्मेवारी मेरो हो ।’ पौडेलले भने उनले एमाले र एमाओवादीस“ग मिलेर आगामी सरकार बनाउने स्पष्ट पार्दै
प्रमुख दलहरुलाई साथमा लिएर सरकार बनाए
एकमा संविधान जारी गर्न सहज हुने
दावी गरे ।
संविधानसभाको पहिलो बैठक बोलाउने विषयमा राष्ट्रपति र मन्त्रीपरिषद्
अध्यक्षवीचको विवाद छिट्टै टुंगिने दावी गर्दै उपसभापति पौडेलले माघ १० गते
भित्रै संविधानसभाको पहिलो बैठक बस्ने ठोकुवा गरे ।
नेकपा–माओवादीले भने जस्तो गालेमेच सम्मेलन गरेर संविधान जारी गर्न
आफूहरु तयार रहेको बताउ“दै पौडेलले माओवादीलाई सकेसम्म सरकारमा ल्याउने र
नभए संविधान निर्माणमा सहभागी गराउन तयार रहेको बताए ।
No comments:
Post a Comment