Saturday, January 4, 2014

नेकपा माओवादी म्याग्दीको फागुनमा जिल्ला सम्मेलन

                   म्याग्दी २०७० पुष १८ । नेकपा–माओवादी म्याग्दीले आगामी फागुन महिनामा जिल्ला सम्मेलन गर्ने भएको छ । बेनीमा बुधबार बसेको जिल्ला समितिको बैठकले सम्मेलनपूर्व ईलाका, गाँउ, वडा र सेल कमिटिहरुको भेला गर्ने निर्णय पनि गरेको छ बिहीबार बेनी स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला सचिव रेशम जुक्जाली (सुविन)ले सम्मेलनको मिति पछि तय गरिने बताउनुभयो ।
                           यसैगरी नेकपा माओवादी म्याग्दीले स्थानीय निकायमा राजनितिक सभा र संबिधानसभा दुवै शक्तिको बराबरी हकदावी गर्दै सरकारी निकायले गर्ने सार्वजनिक कार्यक्रममा बिपक्षि बेञ्च लिने निर्णय भएको छ । जिल्ला ईञ्चार्ज गमबहादुर श्रीसको अध्यक्षता र बैकल्पीक केन्द्रिय सदस्य धु्रब घिमीरेको उपस्थितीमा बसेको बैठकले संबिधानसभा निर्वाचन बहिस्कार अभियानको समिक्षा गर्दै संघर्षका कार्यक्रमलाई प्राचारात्मक रुपमा अघि बढाउने निर्णय गरेको छ । बैठकले फागुन
१ गते जनयुद्ध दिवस मनाउने, बिचार मिल्ने व्यक्ति र समूहसंग एकताका लागि आव्हान गर्ने, नयाँ आर्थिक योजना बनाउने लगायत ९ बटा निर्णय गरेको सचिव जुक्जालीले जानकारी दिए । सो कार्यक्रममा बैकल्पिक केन्द्रिय सदस्य धु्रब घिमिरे, जिल्ला इञ्चार्ज गमबहादुर श्रीस, सहईञ्चार्ज लालु किसान लगायत नेताहरुको पनि उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment