बलिउडमा प्रवेश गर्नु अघि दीपिका मोडलिङमा
सक्रिय थिइन् । उनले सन् २००६ मा ‘किंगफिशर फेशन अवार्ड’मा ‘फ्रेस अफ द
ईयर’ र ‘फीमेल मोडल अफ द ईयर’को उपाधी जितेकी थिइन् । गत बर्ष प्रदर्शनमा
आएका ४ चलचित्रले बलिउडमा १ सय करोड क्लबमा आफ्नो स्थान सुरक्षित गरेपछि
दीपिका नम्बर १ बनेकी हुन् । यो बर्ष उनको साहरुख खानसँग चलचित्र ‘ह्याप्पी
न्यू ईयर’ प्रदर्शनमा आउँदैछ । दीपिकाको जीवनमा लभ र अफेयरका घटनाहरु पनि
नघटेका होइनन् । उनको अघि पछि नायक रणवीर सिंह र सिद्धार्थ माल्या सधै नै
घुमिरहेका छन् । तर दीपिकाको जीवनमा नायक रणवीर कपुर मात्र प्रेमिको
रुपमा उदाएका थिए । दीपिका एक सफल ब्याडमिन्टन खेलाडी पनि हुन् । नायिका पादुकोणलाई जन्मदिनको शुभकामना ।
रुपमा उदाएका थिए । दीपिका एक सफल ब्याडमिन्टन खेलाडी पनि हुन् । नायिका पादुकोणलाई जन्मदिनको शुभकामना ।
No comments:
Post a Comment