Saturday, February 22, 2014

प्रधानमन्त्रीलाई कमजोर बनाउन खोज्नु हुँदैन : पौडेल


ramchandra paudel        १० फागुन, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संसदीय पद्धती विपरित गएर प्रधानमन्त्रीलाई पार्टीभित्र र बाहिर कतैवाट पनि हातखुट्टा बाँध्ने काम गर्न नहुने वताएका छन् ।
              महोत्तरीवाट जितेर आएका कांग्रेसका सभासदहरुको सम्मान शनिवार विहान राजधानीमा आयोजित कार्यक्रममा पौडेलले संसदीय मान्यताविपरित गएर प्रधानमन्त्रीलाई कमजोर पार्न नहुने वताए । उनले भने,’संसदीय पद्दतीलाई बलियो बनाउनु पर्छ । त्यसका लागि प्रधानमन्त्रीलाई पार्टीभित्र र बाहिर कतैवाट हातखुट्टा बाधिँनु हुँदैन ।’ पौडेलले सरकार गठनका विषयमा पार्टीका नेताहरुले एमालेसँग भएको सहमति के हो त्यसलाई यर्थाथरुपमा बाहिर ल्याउनु पर्नेमा जोड दिए । उनले भने,’सरकार गठनवारे वार्ता टोली र पार्टीका नेताले कहाँ कोसँग जके वार्ता र सहमति गरे त्यो बाहिर सवैले थाहा
पाउनु पर्छ । थाहा नदिनु कहाँ सम्मको न्यायसंगत कुरा हो ? ‘
        पौडेलले एमाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर कांग्रेसलाई दबाबमा राख्न खोज्नु सुहाउँदो कुरा नभएको वताए । उनले आफूहरु एमालेसँगै सहमतिका साथ अगाडि बढ्न चाहेको वताए । उनले भने,’संविधान निर्माणको सहजताका लागि भएपनि एमालेसँग मिलेर अघि बढ्नु पर्छ ।हाम्रो चाहाना पनि त्यही हो । ‘ पौडेलले कांग्रेसले मधेशको मुद्दालाई कहिल्यै पनि नछाडेको वताए ।

No comments:

Post a Comment