Saturday, February 22, 2014

बादलको दाबीः माओवादी फुटाउन चाहनेले विवादको हल्ला फिँजाए

सर्वपक्षिय राजनीतिक सभा गठन गरिनुपर्नेमा जोड '
              विराटनगर, फागुन १०–नेकपा–माओवादीका महासचिव रामवहादुर थापा वादलले आफ्नो पार्टीभित्र कुनै विवाद नभएको दाबी गरेका छन् ।
उनले निति र सवालमा कुनै विवाद र मतभेद नभएको उल्लेख गर्दै पार्टीमा विवाद छ भनेर वाहिर आएको हल्ला निराधार र कपोकल्पित मात्र हो भने । माओवादी फुटाउन चाहनेहरुले विवादको हल्ला चलाएको उनको भनाई थियो ।
              जनताको अधिकार सम्पन्न संविधान निर्माणका लागी सवै दल सम्मिलित सर्वपक्षिय राजनितिक सभाको गठन गर्नुपर्नेमा उनले जोड दिए । मोरंगको डाँगीहाट ५ लक्ष्मिमार्गमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वोल्दै महासचिव वादलले, यो संविधानसभाले जनताको संविधान बनाउन नसक्ने
भएकाले राजनितिकसभा मार्फत नया संविधान बनाउनुपर्नेमा जोड दिए ।
जनताको संविधान निर्माणका लागी आफनो पार्टी शान्तिपुर्ण रुपमा सडक सर्घषमा उत्रने समेत बताए । उनले यो संविधानसभालाइ आफनो पार्टीले नस्वीकार्ने उल्लेख गर्दै जनताले चाहेको जस्तो संविधान बनाउन वामपन्थी शक्ति विचको एकता आवश्यक भएको बताए ।

No comments:

Post a Comment