Saturday, February 22, 2014

वार्ता समिति गठन


बैकुण्ठ गिरी
बिजी न्युज फागुन १० पर्वत
    नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिदै गर्दा क्रान्तिकारी पत्रकार महासंघले पनि निर्वाचनको लागि आफ्नो वार्ता तथा सहमतीका लागि छलफल समिति सार्वजनिक गरेको छ ।    आज कुश्मा बजारमा बसेको महासंघको बैठकले पत्रकारहरुको छाता सँगठनलाई सबै संगठनकोहरु साझा बनाउन र सबैको सहभागिताको लागि पहल गर्ने निर्णय सहित सो समिति गठन गरेको हो ।
    क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष बैकुण्ठ गिरीको संयोजकत्वमा ने.क.पा–माओवादीका राज्य सदस्य मिनराज के.सी.(अबिरल) र क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष ज्ञान प्रसाद भुसालको रहेको तिन सदस्य वार्ता तथा छलफल टोली बनाएको हो । वार्ता टोलीले यहि १७
गते हुन लागि रहेको नेपाल पत्रकार महासंघ पर्वत शाखाको अधिबेशनको अन्तिम अबस्थामा सम्म पनि सहमतिय प्रणाली मै नेतृत्व निर्माण गर्न पहल गर्ने निर्णय गरेको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष बैकुण्ठ गिरी बताउनु भयो ।
    क्रान्तिकारी पत्रकार महासंघका राज्य संयोजक गोपाल जिसीको बिशेष उपस्थितिमा सम्पन्न बैठकको अध्यक्षता बैकुण्ठ गिरी र संञ्चालन सचिव इन्दु तिवारी गर्नु भएको थियो ।

No comments:

Post a Comment