Wednesday, February 26, 2014

दिलशोभालाई यौन दुराचारको आरोप

                काठमाडौं, फागुन १४ – आमाघरको नाममा वृद्धा र अनाथ बालबालिकाको स्याहारसुसार गरेर चर्चामा आएकी समाजसेवी दिलशोभा श्रेष्ठ आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको तथ्य फेला परेको छ । उनको आश्रममा वृद्धासहित ५३ बालबालिका छन् ।
                 उनले राजधानीको रविभवनस्थित आफ्नो वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाउँदै आएको नागरिकलाई प्राप्त अडियो रेकर्डबाट खुलेको छ। नागरिकसँग सुरक्षित ३ मिनेट ३९ सेकेन्डको उक्त अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘१५ सय जति पैसा दिने, बेलुका पकाएर खुवाउने एक छाक, बिहान खुवाउनुपरेन, तपाईंलाई माया लाग्छ भने एक कप चिया खुवाएर पठाउनू, बेलुका आएर तपाईंलाई पकाएर खुवाउँछ, रातभरि तपाईंसँग सुत्छ, माया माया माया
गरेर बस्छ ।
मोबाइलबाट रेकर्ड गरिएको उक्त संवादमा दिलशोभाको मात्र स्वर सुनिन्छ। हजुर यहाँ आउनुपरेन, हजुरको सेवा गर्न त्यहीँ पठाएको छु मैले, फरक पर्दैन भोलि आउँछ,ु अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘पहिलाको बूढीको कुरा नगर्नू, अहिलेको बुढीको कुरा गर्नुस् । उनले कसैलाई मन्दिरमा पठाइदिने र लुगा लगाएका आधार चिनजान गर्नूसमेत भनेकी छन् ।
नागरिकलाई अडियो रेकर्ड उपलब्ध गराउने स्रोतका अनुसार दिलशोभाको गतिविधि शंकास्पद देखिएपछि उनको फोनसंवाद रेकर्ड गरिएको थियो। स्रोतले यही रेकर्ड जिल्ला प्रशासन कार्यालय, प्रहरी र केन्द्रीय बाल कल्याण समितिलाई बुझाएको छ। त्यसै आधारमा दिलशोभामामाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दियो आजको नागरिक दैनिकमा यो समचार छापिएको छ ।

No comments:

Post a Comment