Wednesday, February 5, 2014

सकियो पर्वत महोत्सव: आयोजक भन्छन- २ लाखले हेरे,५ करोड व्यापार भयो !

                  पर्वत २०७० माघ २२। कुस्मामा सन्चालित चौथो पर्वत महोत्सव तथा पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक प्रदर्शनी मंगलबार सकिएको छ । गत माघ १४ गतेबाट शुरु भएको सो महोत्सवमा ५ करोड बराबरको कारोवार र २ लाख दर्शकले महोत्सव अवलोकन गरेको आयोजक पर्वत उद्योग बाणिज्य संघलले जनाएको छ । महोत्सवबाट बचत भएको रकमबाट कुस्मा चक्रपथ निर्माण तथा बडागाउँमा खेलमैदान तथा प्रर्दशनीस्थल निर्माणका लागि खर्च गर्ने योजना बनाइएको महोत्सब मुल आयोक समितिका संयोजक रामकृष्ण कर्माचार्यले जानकारी दिएका छन् । महोत्सव कै अवसरमा आयोजित पश्चिमाञ्चल स्तरिय क्षेत्रीय औद्यागिक प्रदर्शनीमा
पश्चिमान्चलका विभिन्न जिल्लामा उत्पादित लप्सीवाट तयारी वस्तु, ढाका कपडा, तथा तयारी सामाग्री, वाँसका सामान, अल्लो कपडा तथा तयारी सामान, झोला तथा नागासल, सुन्तला जुस, अगरवत्ती, मैनवत्ती, जडिबुटी तेल, अदुवावाट तयारी वस्तु, आलु चिप्स, जाम जेली, सुन्तला जुस, नेपाली हाते कागज, स्थानीय कफि, टिमुर, लगायतका सामग्री राखिएको थियो । स्मरणीय छ, महोत्सव स्थलमा प्रवेश शुल्क प्रति व्यक्ति रु ५० । कायम गरिएको थियो । आयोजकले दिएको जानकारीलाई विश्वास गर्ने हो भने महोत्सव अवलोकन गर्ने २ लाख दर्शकबाट मात्रै एक करोड रकम संकलन भएको छ र सात दिनको महोत्सवमा २ लाख दर्शक पुगेकाले प्रतिदिन औशतमा २८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । तर दिनमा २८ हजार दर्शकले अवलोकन गरे भन्ने आयोजकको दावीलाई स्थानीयले हावादारी गफ बताउछन् । उनिहरुका अनुसार शनिवार कोमल वलीको प्रस्तुतिका दिन मात्रै सर्वाधिक दर्शकहरु ७ हजार ३ सय पुगेका थिए अन्य दिन त्यस्तो भीड भएन ।

No comments:

Post a Comment