Tuesday, February 4, 2014

धौलागिरीको आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसको स्वर्ण महोत्सव सम्पन्न ।

                        माघ २२ बागलुङ गते धौलागिरीको एकमात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वर्ण महोत्वस सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालयका रजिष्टार चन्द्रमणी पौडेलले धौलागिरी बहुमुखी क्याम्पस धौलागिरी अञ्चलको शिक्षाको केन्द्रविन्दु भएको बताउनुभयो । 
                           शिक्षाको यो संगम स्थललाई कुनै राजनैतिक स्तरबाट हस्तक्षप हुन नहुने बताउनुभयो साथै क्याम्पसको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा  क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम शर्मा नेपाली कांग्रेसका कार्यबाहक सभापति जगदिशचन्द्र उपाध्याय, नेकपा एमालेका अध्यक्ष श्रीप्रसाद शर्मा, एनेकपा माओवादीका यज्ञबल्लभ शर्मा,  प्रमुख जिल्ला अधिकारी कैलाशनाथ
खरेल, पुर्व अञ्चलाधिश मकरबहादुर बान्तवा, लक्ष्यबहादुर गुरुङ, उद्योग बाणिज्य संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, पुर्व जर्नेल छविलाल खड्का, स्ववियु सभापाति चिरञ्जीवि गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष रामबहादुर जिसि लगायतले क्याम्पसमा समय अनुसार आवश्यक संकाय र विषय थप गर्नुपर्ने बताएका थिए । कार्यक्रममा आंशिशक प्रध्यापक शिव पौडेल, कर्मचारी संघ सभापति डोलेन्द्रराज शर्मा, पुर्व स्ववियु सभापति गोविन्द्र नेपाली कमल अधिकारी, पुर्वक्याम्पस प्रमुख जर्ज जोन, नेविसंघका अध्यक्ष हरिहर शर्मा, अनेरास्ववियुका नारायण पौडेल, अखिल क्रान्तिकारीका होमनाथ चालिसे, अखिल छौंठौका सागर कुवरले बोल्नुभएको थियो ।  स्वर्ण महोत्वसको अवसरमा क्याम्पसको स्थापनामा महत्वपुर्ण भुमिका खेलेको भन्दै पुर्व अञ्चलाधिस मकरबहादुर बान्तवा, लक्ष्यबहादुर गुरुङका हेमराज शर्मा पौडेल साथै क्याम्पसका जग्गादाता, पुर्व क्याम्प्स प्रमुख, स्ववियु सदस्य, पुर्व विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो । उक्त अवसरमा लोक गायक विष्णु खत्रि, याम क्षेत्री, प्रहाद सुवेदी र बसन्त थापाले आफना गितहरु प्रस्तुत गरेका थिए क्याम्पस प्रमुख आनन्दराज सिलवालको अध्यक्षता प्रध्यापक डम्बर वि.क.को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment