Wednesday, February 26, 2014

अनिल र सुब्रिनाले ‘झेली’ गरेपछि

              चैत्र १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झेली’ अहिले चर्चामा छ । ‘झोला’ र ‘झोले’ चलेपछि दर्शकले उस्तै नामबाट बनेको ‘झेली’को स्वाद चाख्न पाउनेछन् । चलचित्रमा अनिल थापा, सुब्रिना कार्की, अस्कर शर्मा, दीपा बीसी, विष्णु रिजाल, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा सुर्य किरण लामाको संगीत, भेषमान श्रेष्ठको कथा, कविराज गहतराजको नृत्य, रोशन लामिछानको सम्पादन, चन्द्र पन्तको द्वन्द्व छ । सोनम लामाको प्रस्तुतीमा तयार भएको यो सिनेमालाई भेषमान श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रलाई कमल दाहालले निर्देशन गरेका हुन् । चलचित्र प्रदर्शनमा आउने भएपछि
यसका निर्माता भेषमान श्रेष्ठ दौडधुपमा व्यस्त छन् । उनले सिनेमा राम्रो बनेकाले पनि चल्नेमा विश्वस्त रहेको बताए ।

No comments:

Post a Comment