' त्यसका लागि एमाओवादीको नेतृत्वमा बृहत मोर्चा बन्न सक्ने '
काठमाडौं, फागुन २७ –एमाओवादीका नेता गोपाल किराँतीले कांग्रेस–एमाले गठबन्धनको सरकारले संविधान जारी अगाबै औचित्यहिन स्थानिय निकायको निर्वाचन गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । किराँतीले समय र कालको उचित विश्लेषण नगरी कांग्रेस–एमाले पेलेरै स्थानिय निकायको चुनाव गर्ने पक्षमा गए एमाओवादीले यसबाहेकका शक्तिहरुको मोर्चा निर्माण गरेर कांग्रेस एमालेलाई सिध्याउने दावी गरे ।
‘नयाँ संविधान जारी नभइ गरिने स्थानिय निकायको निर्वाचन फजुल भएकाले यसको कुने औचित्य छैन’ एमाओवादीभित्र स्पष्ट र खरा नेताको छवि बनाउन सफल किँरातीले भने,‘यदि हामीलाई पेलेरै यस्तो औचित्यहिन निर्वाचन गर्न खोज्छन् भने हामी त्यसको कडा प्रतिवाद गरेर विफल बनाएर छाड्छौं । कांग्रेस–एमालेको यस्तो योजनाको विरुद्ध जो सँग अनुकुल हुन्छ त्यहीसँग बृहत मोर्चा बनाएर यिनलाई सिध्याउँछौं ।’नेता किराँतीले एमाले कांग्रेसको विरुद्धमा बन्ने मोर्चाको नेतृत्व एमाओवादीले गर्ने र त्यसका बैद्य माओवादी,मधेसवादी,संघिय समाजवादीलगायत सबै दलको सहभागिता हुने बताए ।
किराँतीले स्थानिय निकायको व्यापक पुनः संरचना आवश्यक भएको बेला र नयाँ संविधान निर्माणको संघारमा मुलुक प्रबेश गरिरहेको बेला चुनाव गर्नु फजुल भएको भन्दै एमाओवादीलाई चुनावविरोधी शक्तिका रुपमा चिनाउन यस्तो प्रपञ्च रचिएको आरोप लगाए । उनले एमालेले पनि चुनाव नचाहेको तर्क गर्दै भने,‘एमाले पनि वास्तवमा चुनाव चाहँदैन तर उ एमाओवादीलाई चुनाव विरोधी शक्तिका रुपमा चिनाउन मात्र स्थानिय निकायको कार्ड फालिरहेको छ ।’
No comments:
Post a Comment