२७ फागुन, दाङ । दाङमा भएको जिप दुर्घटनामा एकै गाउँका सात जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
दुर्घटनामा परी फूलबारी गाविस वडा नम्बर ६ बस्ने १७ वर्षका शंकर चौधरी, २२ वर्षका प्रविन खड्का, २७ वर्षका मधु योगीको मृत्यु भएको छ ।
त्यस्तै फूलबारी ६ कै २० वर्षका गणेश केसी, २० वर्षकै खड्गबहादुर डाँगी, ३५ वर्षका रवी गिरी र २८ वर्षका पूर्णबहादुर ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा परी फूलबारी ६ कै सशत्र प्रहरी बलमा कार्यरत मीनबहादुर बस्नेत तथा तेजबहादुर गिरी, डिल्ली पुरी, भागवत वस्नेत, माधव रेग्मी र विशाल परियार घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज मेडिकज कोहलपुर उपचार भइरहेको छ ।
बा ११ च ११०८ नम्बरको जिप गएराति २ बजे राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डको
ठूलो लेकमा दुर्घटना भएको थियो ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । गाडि अनियन्त्रित भएर सडकबाट तीन सय मिनटर तल खसेको घटनास्थलमा खटिएका डिएसपी तुलबहादुर कार्कीले जानकारी दिए । शवलाई पोस्टमाटमका लागि राप्ती अञ्चल अस्पतालमा राखिएको छ ।
No comments:
Post a Comment