Monday, March 24, 2014

बस दुर्घटनामा पाँचको मृत्यु

             काठमाडौँ,चैत १०। काठमाडौँबाट धनकुटाको हिले जाँदै गरेको बस चितवनको दारेचोक–९ फिस्लिङमा आइतबार साँझ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
          इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार काठमाडौँबाट हिले जाँदै गरेको ना ४ ख ५८२९ नम्बरको बस सडकबाट त्रिशुली नदीमा खसेको थियो। दुर्घटनामा घाइते भएका १९ जनालाई उपचारको लागि भरतपुर पठाइएको र उद्धार कार्य जारी रहेको गुरुङले जानकारी दिनुभयो।
                  मृत्यु हुनेमध्ये तीन पुरुष र दुई महिला मध्ये एक जनाको मात्र सनाखत भएको छ । मृतक मध्ये बसका चालक मकवापुर बसहामाडी ५ का ४० वर्षीय राजु घिसिङको मात्र सनाखत भएको प्रहरीले जनाएको हो । बसमा कतिजना यात्रु सवार थिए, त्यसको यकिन भइनसकेको र दुर्घटनाको बारेमा विस्तृत विवरण आउन अझै
बाँकी रहेको छ ।

No comments:

Post a Comment