Monday, March 24, 2014

स्वयम्भू पुगेर सन्नीले गरिन् रागिनीको सफलताको कामना

               यूवा उद्यमीहरुको निमन्त्रणामा आइतबार नेपाल आएकी बलिउड नायिका सन्नी लियोनी आज बिहानै स्वयम्भू पुगेकी छिन् । पति डेनियल वेभरसँग स्वयम्भू पुगेको तस्बिर सार्वजनिक गर्दै उनले नेपाललाई सुन्दर देश भनेकी छिन् । 
                नेपाल आएपछि पहिलो पटक ट्विटरमा फोटो सार्वजनिक गर्दै यि अभिनेत्रीले ट्विट गर्दै लेखेकी छिन्, ‘नेपाल निक्कै सुन्दरमय छ । यहाँका दृश्य अवलोकन गर्दा निक्कै रमाइलो लागिरहेको छ ।’ आफ्नो नयाँ चलचित्र ‘रागिनी एमएमएस २’ अझै सशक्त रुपमा अघि बढ्ने आशा सन्नीको छ । उनले भगवान वुद्धसाग प्रार्थना गरेको जनाउादै ‘रागिनी एमएमएस २’ को सफलताको लागि आर्शिवाद लिएको जनाएकी छिन् ।
आज बेलुकी नै मुम्बई र्फकन लागेकी पोर्न स्टार सन्नीले नेपाल र नेपाली निक्कै सुन्दर लागेको प्रतिक्रिया दिएकी थिइन् । सन्नी लियोनीलाई जीवनको
अनुभुती सुनाउन मात्रै किन बोलाइयो भन्ने बिषय सबैका लागि कौतुहलतामा छ ।

No comments:

Post a Comment