बलिउड डिम्पल गर्ल पि्रटी जिन्टा आफ्नो करियरको नयाँ अध्याय सुरु गर्ने
सोचमा छिन् । पर्दा र सडकमा कमाल देखाइसकेकी उनी अब राजनीतिमा पनि प्रवेश
गर्ने तयारीमा छिन् ।
आगामी लोकसभा चुनावमा उनी नर्थ सेन्ट्रल मुम्बइ संसदीय क्षेत्रबाट
बीजेपीको तर्फबाट चुनाव लड्न सक्ने देखिएको छ । उनको प्रतिस्पर्धी संजय
दत्तकी बहिनी पि्रया दत्तले गर्नेछिन् । पि्रया अहिले संसद सदस्य छिन् ।
उनले कांगे्रसबाट लोकसभा टिकट पाउने सम्भावना छ । बीजेपी नेतृत्व यो पटक सेलिबे्रटीकी बहिनीलाई टक्कर
गराउन सेलिब्रेटी नै
चुनावी मैदानमा उतार्ने रणनीतिमा छ । अहिलेको अवस्थामा बीजेपीले पि्रटी एक
सही विकल्प ठानेको छ ।
बीजेपी महासचिव राजीव प्रताप रुडी पि्रटीले आगामी लोकसभा चुनावमा नर्थ
सेन्ट्रल मुम्बइ क्षेत्रबाट चुनाव लड्ने बताएका छन् । स्रोतका अनुसार
पि्रटी र रुडीको टाढाको नातेदारी पनि छ । यद्यपि, पि्रटीले चुनाव लड्ने सोच नबनाएको बताएपनि बीजेपी नेतृत्व उनलाई
आश्वस्त पारिरहेको छ ।अभिनय करिअरमा ब्रेक लागेपछि पि्रटी अर्कै
क्षेत्रमा जमिरहेकी छिन् । उनी नेस वाडियाका साथ आइपीएल प|mेन्चाइजी किङ
इलेवन पञ्जाबको साझेदार छिन् । अब उनको अर्को विकल्प राजनीति पनि हुन सक्छ ।
यसअघि रिलिज उनको इस्क इन पेरिस बक्स अफिसमा पूर्ण रुपमा फ्लप भएको थियो ।
No comments:
Post a Comment