Thursday, March 6, 2014

प्रियंका र रणवीर दाजुबहिनी

priyanka-ranabir                 रामलीलापछि रणवीर कपुरले अर्को फिल्म गर्ने घोषणा गरेका छन् । यसको नाम ‘दिल धडकने दो’ भनिएको छ । जिन्दगी न मिलेगी दोबारा र बाम्बे टाकिज बनाएका जोया अख्तरले यसको निर्देशन गर्नेछन् । यसमा दाजु र बहिनीको सम्बन्धको कथा बुनिएको छ ।
                               रणवीर पनि जोयासँग काम गर्न पाउँदा निकै  उत्साहित छन् । ‘म उहाँसित काम गर्न निकै उत्साहित छु, किनकी मलाई लाग्छ उनी फिल्म उद्योगका ज्यादै कुशल निर्देशक हुन्’ रणवीर भन्छन् ‘एक अभिनेताको रुपमा मेरो लागि पनि यो फिल्म
चुनौतीपूर्ण छ ।’ दिल धडकने दोमा पहिलोपटक नयाँ भूमिका गर्न खोजेका रणवीर यो फिल्मबाट आफ्नो फ्यान चकित हुने अनुमान गर्छन् । यसमा पि्रयंका चोपडाले उनको बहिनीको भूमिका निर्वाह गर्नेछिन् । अन्य कलाकारमा अनुष्का शर्मा र फराह अख्तरलाई पनि देख्न सकिनेछ ।
                         रणवीरका प्रवक्ताका अनुसार यो फिल्ममा रणवीरले विशेष अनुबन्ध र हस्ताक्षर गरेका छन् । जोयाले दिल धडकने दोको शुटिङ अवधिभर रणवीरको ‘लूक’ गोप्य राख्ने करार गराएका छन् । करारमा लेखिएको छ, ‘रणवीरले दिल धडकने दो को शुटिङ अवधिभर कुनै निर्माण गृहसित काम गर्ने छैनन् ।’ यो फिल्मको शुटिङ अवधि ९० दिनको रहनेछ । जसमा ७५/८० दिन रणवीरले बिताउनुपर्नेछ । युरोप, टर्की, स्पेन, इटली र फ्रान्समा यसको शुटिङ गरिने बताइएको छ ।

No comments:

Post a Comment