१२
चैत, काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका
नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई थप उपचारका लागि नयाँ दिल्ली
लैजाने तयारी भएको छ । जोशीको
रक्तचाप न्यून रहेको र कलेजोमा पनि समस्या देखिएकोले नर्भिक अस्पतालका
चिकित्सकहरुले दिल्ली लैजान सुझाव दिएपछि एयर एम्बुलेन्स मार्फत दिल्लीको
मेदान्त अस्पताल लैजान लागिएको हो ।
अस्पतालले नेपालमा उपचार पद्धति नभएको भन्दै भारत लैजान सुझाव दिएको थियो ।
अस्पताल र नागरिक उडड्यन प्राधिकरणको
पहलमा एयर एम्बुलेन्सको व्यवस्था अस्पताल लैजाने तयारी भएको कांग्रेस
प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्य
अवस्थाको जानकारी लिन प्रधानमन्त्री सुशील कोइरालासहित कांग्रेसका शीर्ष
नेताहरु मंगलबार नर्भिक अस्पताल
पुगेका थिए ।

No comments:
Post a Comment