काठमाडौँ, चैत १२–आन्तरिक उडानमा जहाजबिहीन भएको नेपाल वायु सेवा निगमको जहाजले फेरि उडान सुरु गरेपनि अवतरण हुँदै सकेन ।
जहाजबिहीन भएको १६ दिनपछि निगमले मंगलबारदेखि औपचारिक उडान सुरु गरेको
थियो । तर, लुक्लाका लागि उडान तालिका तय गरेको भएपनि खराब मौसमका कारण
जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ नै फर्केको निगम स्रोतले बतायो ।
गत फागुन २६ गते खोटाङको लामीडाँडाका लागि उडेको निगमको जहाजको इन्जिनमा
खराबी आएपछि उडान भरेको केही समयमा नै आकस्मिक अवतरण गरिएको थियो ।
त्यसलगत्तै
निगम जहाजबिहीन भएको थियो । निगमका अनुसार सो जहाजमा तारा एयरको
जगेडा इन्जिन परिवर्तन गरी उडाइएको थियो ।
आन्तरिक उडानमा जहाज नहुँदा निगमले ठूलो परिणाममा दैनिक घाटा व्योहोर्दै आएको छ ।

No comments:
Post a Comment