Monday, March 31, 2014

नयाँ संविधान निर्माणपूर्व नै निर्वाचन हुन्छःउपप्रधानमन्त्री सिंह


                पर्वत,चैत१७– उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारको पहिलो प्राथमिकता भनेको नयाँ संविधान तथा स्थानीय चुनाव भएको बताएका छन् । कुस्मामा आज भएको कार्यकर्ता भेटघाट कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री सिंहले स्थानीय चुनाव नहुँदा स्थानीय निकायमा भ्रष्टाचार बढेकाले तत्काल सहमति गरी स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिए । 
                        स्थानीय निकायको निर्वाचन गर्न प्रधानमन्त्री पनि सकारात्मक रहेको बताउँदै मन्त्री सिंहले नयाँ संविधान निर्माणपूर्व स्थानीय निकायको निर्वाचन गरिने ठोकुवा गरे । उनले भने–“सबै राजनीतिक दलको सहमतिमा नै स्थानीय निकायको निर्वाचन हुनेछ, काँग्रेसले जनतासामु गरेको वाचा पूरा गरेरै छाड्छ, हामीले एक वर्षभित्र संविधान बनाउने भनेका थियौँ, त्यहीअनुसार संविधान बनाउन भूमिका खेल्छौँ ।” मन्त्री सिंहले उच्चस्तरीय राजनीतिक समितिले संविधान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । अर्को एक प्रसङ्गमा उहाँले पार्टीलाई बलियो बनाउनका लागि सम्पूर्ण कार्यकर्तालाई एक
जुट भएर लाग्नसमेत आग्रह गरे ।< यसैबीच उपप्रधानमन्त्री सिंहले सरकारी कार्यालयका प्रमुखलाई जनतालाई सेवा दिनका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिए ।

No comments:

Post a Comment