Wednesday, March 19, 2014

पारसलाई चुम्बन गर्ने जीयाको रहर

                      २०७० चैत ५ उसो त नायिका जीया केसीको यो प्रचारमा आउने नयाँ फण्डा पनि हुनसक्छ । तर पनि उनी पारस खड्काको भने निक्कै ठूलो फ्यान हुन् ।
                 नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेतापनि हिजो बंगलादेशसँग भने सम्मानजनक हार ब्यहोर्‍यो । पारस खड्कासँग फिल्म खेल्ने ईच्छा भएकी जीयाले उनलाई हिरोको संज्ञा दिइन् । 
                  नेपाली सिनेमाका हिरो भन्दा केही कम नरहेका पारससँगसिनेमामा रोमान्स गर्ने चाहना छ, जीयाको । ‘पारससँग सिनेमा खेल्न पाए खुशीका साथ निशुल्क खेल्छु’, ‘रङ वे’ हिरोइनले भनिन् । 
                  पारसको क्याप्टेनसिप उत्कृष्ट रहेको भन्दै यि नायिकाले उनलाई भेटेमा गालामा चुम्बन गर्ने बताइन् । ‘अरु कुरा भने नखोलै, बाँकी भेटमा के-के हुनसक्छ’, जीयाको तर्क थियो । सिनेमा क्षेत्रबाट खासै सफलता हात पार्न नसकेपछि जीया यतिबेला तनावमा छिन् । उत्तेजक दृश्य दिएरै चर्चा पाएपनि जीयाका लागि मिडिया उचाई क्षणिक मात्र रहेको विश्लेषण
गरिन्छ ।

No comments:

Post a Comment