Monday, March 3, 2014

नेपाली शान्ति सेनाको टोलीमाथि अज्ञात समूहद्वारा ग्रिनेड प्रहार

                काठमाडौ, फाल्गुन २० । कंगोमा सोमवार शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोलीमाथि अज्ञात समूहले ग्रिनेड आक्रमण  गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारी अनुसार आक्रमणमा परी छ सैनिक घाइते भएका छन् । 
                 कंगोको माभिवि बिमानस्थलका लागि सामग्री ल्याउदै गर्दा इस्कर्टिङमा खटिएको नेपाली सेना चढेको गाडीको पछाडिपट्टी मोटरसाईकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर भएपनि खतरामुक्त रहेको नेपाली सेनाले जनाएको
छ । गम्भीर घाइते दुवैलाई गोमास्थित संयुक्त राष्ट्रसंघीय अस्पतालमा उपचारका लागि पठाउने तयारी भइरहेको छ । बाँकीको भने बज्रदल गण माभिविमा उपचार भइरहेको छ । शान्ति स्थापनार्थ बज्रदल गण २० औं डफ्टा अन्तर्गत माभिविमा रहेको सुरक्षा वेश क्याम्पसबाट क्याङ्माज्याङ् इलाकातर्फ ईस्कर्टिङका लागि सेनाको टोली खटिएको थियो ।

No comments:

Post a Comment