चकलेटी हिरो रणवीर कपुरसँग बिहे गर्न
लागेको खबरले नायिका कट्रिना कैफ सधै नै चर्चामा रहन्छिन् । रणवीरसँग
विकिनी लगाएर समुन्द्रमा रमाउँदै गरेको तस्बिर सार्वजनिक भएपछि त उनलाई
पर्नु समस्या पर्यो ।
तर पनि यि नायिका रणवीर जस्ता साथीहरु
बलिउडमा अरु पनि भएको भन्न पछि पर्दिनन् । उनले दुलाहा खोज्ने जिम्मा आफूले
आमालाई दिएको बताएकी छिन् । रणवीरसँग प्रेम सम्बन्धमा रहेको खबर बाहिर
आइरहेको समयमा कैफको यस्तो भनाई सार्वजनिक भएको हो ।
उनले अर्का नायक सलमान खान आफ्नो नजिकका
मिल्ने साथी भएको र सधै रहने बताइन् । उनले सलमान माथि आफ्नो सधै भरोसा
भएको बताइन् । मिडियामा जे जस्ता खबर आएपनि आफूलाई खासै प्रवाहा नहुने
सुन्दर हिरोइनको भनाई छ ।

No comments:
Post a Comment