Thursday, April 10, 2014

वामदेवले भने,‘लोकसेवाले खोँचे थापे पनि प्रहरीको बढुवा रोकिन्न’

     काठमाडौँ,चैत२७–उपप्रधान तथा गृहमन्त्री मन्त्री वामदेव गौतमले रोकिएको प्रहरीको बढुवा कसैले रोकेर नरोकिने दावी गरेका छन् । मन्त्री गौतमले लोकसेवा आयोगले अनावश्यक खोँचे थापेको आरोप लगाउँदै प्रहरीको बढुवा कसैले रोकेर नरोकिने जिकिर गरे । ‘लामो समयदेखि रोकिँदै आएको नेपाल प्रहरीभित्रको बढुवा प्रक्रियालाई नियमावली छिटो संशोधन गरेर कार्यान्वयनमा तुरुन्त लैजान खोजेकामा लोकसेवा आयोगका तर्फबाट त्यसमा आवश्यक सहयोग भइरहेको छैन,’गृहमन्त्री गौतमले आक्रोसित हुँदै भने,‘वरिष्ठ अधिकृतको बढुवाका लागि परामर्श लिने नाममा निर्देशन लिने विगतको प्रयासले गर्दा बढुुवा प्रक्रियामा असर परेकाले अब जस्तोसुकै आरोप लागे पनि मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रहरीको बढुवा गर्छु ।’उनले आयोगबाट अब केही समयभित्रै परामर्श प्राप्त नभए राज्यसत्ता नै बन्द हुने स्थितीमा पुग्ने तर्क गर्दै कसैको परामर्श कुरेर नवसी मन्त्रीपरिषदबाट चाढै निर्णय गरिने जानकारी दिए । यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरी अस्पताललाई त्रिभुवन
विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गराई मेडिकल कलेजका रुपमा विस्तार गर्ने प्रयास भइरहेको बताएका छन् ।
        नेपाल प्रहरी अस्पतालको ३०औं वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले शिक्षण अस्पतालका रुपमा स्तरोन्नति भएपछि आफ्नै मिहिनेतमा आत्मनिर्भर हुन अस्पताल सक्षम हुने विश्वास व्यक्त गरे । प्रहरी प्रधान कार्यालयले कल्याणकारी कोषमार्फत अस्पतालको भौतिक पूर्वाधार तथा सेवा विस्तारका लागि रु ५० लाख प्रदान गरेकामा प्रशंसा गर्दै गृहमन्त्री गौतमले अस्पतालको उन्नयनका लागि सरकारले पनि सक्दो सहयोग पु¥याउने वचन दिए ।
              विश्व शान्तिस्थापना कार्यमा नेपाल प्रहरीबाट मुलुकको इज्जत र प्रतिष्ठा बढाउने काम भएकामा गौरव गर्दै उनले देशभित्र हुने प्रत्येक घटनाको जिम्मेवार र जवाफदेही गृह मन्त्रालय र त्यसको नेतृत्वकर्ता हुने भएकाले मातहतका निकायका कसैले पनि गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिन नहुने बताए ।
सो अवसरमा गृह सचिव जनार्दन नेपालले स्वास्थ उपचारका क्षेत्रमा नेपाल प्रहरी अस्पतालले निकै प्रतिष्ठा र गौरव कमाएको बताए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अस्पतालबाट प्रदान गरिने सेवासुविधालाई अझ गुणस्तरीय बनाउने काममा थप योगदान पु¥याउन निर्देशन दिए ।

No comments:

Post a Comment