Monday, May 12, 2014

भलगर प्रस्तुतीले ग्ल्यामर्स शब्दकै अपमानःसुरबिना

                 निर्देशक दयाराम दाहालका भाई कमल दाहालद्धारा निर्देशित चलचित्र “झेली”बाट रजतपटमा डेब्यू गरेकी हुन्– नायिका सुरबिना कार्कीले । चलचित्रमा ग्ल्यामर्स आवश्यक भए पनि केहि नायिकाहरुको भलगर प्रस्तुतीले ग्ल्यामर्स शब्दकै अपमान भएको उनको जीकिर छ । घर परिवारकै माया काफी रहेको र आफु भरखर विस बसन्तमा प्रवेश गर्दै गरेको कारण कसैको प्रेममा फस्ने समय नरहेको उनले बताइन् । विवाह अघिको सेक्स दुर्घटना भएको कारण किशोरीहरुमा देखा पर्ने यौन समस्याहरुको ज्ञान प्राप्त गर्न र विवाह अघिको यौन सम्पर्कबाट हुने दुषपरिणामको बारेमा सचेत रहन भने यौन शिक्षा आवश्यक रहेको बताइन् । चलचित्रमा अभिनय गर्ने क्षमता र खुबी दुबै प्रति आत्म विश्वास रहेकोले भविष्यमा समेत यसै क्षेत्रलाई निरन्तरता दिने चाहना उनमा रहेको छ । पहिलो चलचित्रबाट निकै नै चर्चा बटुलेकी सुरबिना अहिले चलचित्र “कात्र्तिक” र “नाइके”को अभिनयमा ब्यस्त रहेकी छिन् । चलचित्र झेलीमा उनीले गरेको संवाद “सेक्सी बुढा, पानी त सित्तैमा आउँदैन, कार्यक्रम ” साह्रै नै चर्चामा रहेको थियो । यौनको बारेमा साथीभाइहरुसँग खुलेर कुराकानी गरेता पनि सेक्स स्याण्डलमा फस्नु चलचित्रकर्मीहरुको लागि पट्टकै राम्रो
काम भने होइन । आगामी चलचित्रहरुबाट दर्शहरुलाई भरपुर मनोरञ्जन दिने बाचा सुरबिना ले गरेकी छिन् ।

No comments:

Post a Comment