Thursday, August 14, 2014

मादक पदार्थ सेवन गर्ने पाँच प्रहरी कारबाहीमा !

सन्तोष गौतम, 
     म्याग्दी २०७१ साउन २९ जिल्ला प्रहरी कार्यालय म्याग्दीले संगठनको आचरण र मर्यादा विपरीत काम गर्ने पाँच जना प्रहरीलाई कारबाही गरेको छ । मादक पदार्थ सेवन गरेर संगठनको आचरण र मर्यादा उल्लङ्घन गरेकाले उनिहरुलाई कारबाही गरिएको हो ।
            पाँच जनालाई घटुवा गरेर सेवा प्रवेश गरेको पदमा झारेको प्रहरी नायव उपरिक्षक जर्नादन जिसिले बताए । र्प्रहरी संगठन भित्र सेवा प्रवेश गरेको पदमा घटुवा गर्नु भनेको कडा कारबाही हो’ प्रनाउ जिसीले भर्ने कारबाहीमा परिसकेकाले आचरण सुधार नगरे जागिरबाटै निष्काशन हुन सक्ने अवस्था आउन सक्छ ।’ समुदायमा विकृती र अपराध फैलाउने मादक पदार्थ एक प्रमुख कारण भएकाले त्यसको अबैध उत्पादन र उपभोग निरुत्साहीत एवं नियन्त्रण गर्न समाज र संगठनमा प्राथमिकता दिएको प्रनाउ जिसीको
भनाई छ ।

No comments:

Post a Comment