Monday, August 4, 2014

मरेका र रोगी कुखुरा बिक्री गर्न ल्याउनेलाई उन्मुक्ति ! मरेका दर्जनौ कुखुरा नष्ट !

सन्तोष गौतम, 
        म्याग्दी २०७१ साउन १९ । म्याग्दी सदरमुकाम बेनीमा मरेका र अस्वस्थ्य कुखुराहरु विक्री गर्न ल्याईने गरेको रहस्य बाहिर आएको छ । मरेका र मर्न लागेका रोगी कुखुरा ल्याउदै गर्दा सोमवार विहान प्रहरी र पशु कार्यालयको टोलीले फेला पारेको हो । बिक्रीका लागि ल्याउदै गरेको मृत र रोगी कुखुरा सोमबार जफत गरि नष्ट समेत गरेको छ । तर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्नेहरुमाथी कानूनी कार्बाही नगरि उन्मुक्ति दिएएपछी उपभोक्ताहरु आक्रोशित बनेका छन् । मासु पसलमा कुखुरा बिक्री गर्न गाडीमा राखेर ल्याउदै गरेको अवस्थामा प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको थियो । गाडीभित्रै कुखुरा मरेको र मर्न लागेका रोगी कुखुरा भएको भेटिएपछि नष्ट गरेको जिल्ला पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राबिधिक सुन्दर केसीले जानकारी दिए । जिल्ला पशु सेवा कार्यालय र कालीपुल प्रहरी पोष्टको टोलीले ५०
किलोग्राम तौल बराबरका २४ वटा मरेका कुखुरा खाडलमा पुरेर नष्ट गरिएको हो । ५८ वटा अस्वस्थ कुखुरा ल्याएको ठाउँमै फिर्ता गरिदिएको छ । उक्त कुखुरा तनहुँको आबुखैरेनी स्थित मनकामना सप्लायर्सका संञ्चालक मंगल गुप्ताले बेनीका मासु ब्यापारी पल्टन गुप्तालाई बिक्रीका लागि ल्याएका थिए । स्वास्थ्यका हिसावले जोखिमयुक्त मरेका कुखुरा नष्ट र अस्वस्थ्यलाई फिर्ता पठाइएको हो । ब्यापारी र मासु बिक्रेतालाई सचेत बनाएर स्वस्थ कुखुरा भने स्वास्थ्य परिक्षण गरि छाडिएको छ । व्यवसायीले मृत र रोगी कुखुरालाई मासुको रुपमा बिक्री गरि उपभोक्ताको स्वास्थ्यमा खेलवाड एवं रोग संक्रमणको जोखिम बढाएकाले निगरानी गर्न थालेको पशु सेवा कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment