![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEicIBax5KW9nRcTuw26eOkIqPJc3kSTS7WHr8p4VzaH_crg28-ajxw0k7dTPjqzvbD11D5SaBPp1UMcOzJYbYJ3qpj7QV2EV5LPnOjrJky2DZFkwJDCAbGl78mxwjvNiQChWw-O1cJhAmMO/s1600/sahara+lai.jpg)
मलेसियामा रोजगारीको लागि आएका एक नेपाली श्रमिकको शुक्रवार विहान ज्यान गएको छ । रसुवा जिल्ला श्रमथली गाविस वडा न ६ चिलाउने गाउँका बीरवहादुर रुम्वाको शुक्रवार विहान करीव साढे ३ वजेतिर ज्यान गएको हो । जोहोरको कुलाईजयामा रहेको युनाईटेड कम्पनीमा कार्यरत रुम्वाले विहीवार राती करीव १२-१ वजेसम्म घरपरिवारसँग कुराकानी गरी सुतेका थिए । राती करीव तीन वजेतिर हात खुट्टा चल्न छाडेपछि एक्कासि चिच्याएका थिए । सोहि कम्पनीमा कार्यरत उनका दाई लालकाजी रुम्वा उठेर भाईको हात खुटटा तन्काई दिई अस्पतालमा लैजादै गर्दा वाटैमा ज्यान गएको हो । हाल शवलाई पोस्टमार्टमको लागि स्थानिय कुलाईजया अस्पतालमा राखिएको अनलाइनखबर प्रतिनिधि भिम तामाङले
जानकारी दिए । रुम्वा वैदेशिक रोजगारीका पाँच वर्षदेखि मलेसियामा रहेको भएपनि केहि महिना अगाडि मात्रै विदामा घर गई फर्किएका थिए ।
No comments:
Post a Comment