Thursday, August 14, 2014

शुक्रबार सर्वोच्च जाने चरीका आफन्तको भनाइ, कस कसलाई हाल्दै छन् मुद्दा !

               प्रहरीको गोलीले मारिएका दिनेश अधिकारी चरीका आफन्त शुक्रबार अदालत जाने भएका छन् । आफूहरु न्यायका लागि सर्वोच्च जान लागिएको चरीका दाजु ध्रुव अधिकारीले बताए।  प्रहरीले चरीको सुनुयोजित हत्या गरेको भन्दै आफूहरु अदालत जान लागेको उनले बताए ।  मंगलबार हनुमानढोका प्रहरी कहाँ जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेपछि उनीहरु  मानव अधिकार आयोग, बार एशोसिएशन
गएका थिए । चरीका आफन्तहरुले अदालत जानु अघि  कानुनी प्रक्रियाबारे वकिलहरुसँग जानकारी लिएका छन् ।बुधबार नै अदालतमा मुद्दा हाल्ने बताएपनि कानुनी प्रक्रिया नपुगेको भन्दै मुद्दा हाल्न ढिलाई भएको अधिकारीले बताए ।   उनीहरुले  महानगरीय आयुक्त कार्यालयका डिआइजी विज्ञानराज शर्मा,
काठमाडौं प्रहरी प्रमुख उत्तमकुमार कार्की, अपराध अनसन्धान महाशाखाका एसएसपी पुष्कर कार्की, डिएसपी मिरा चौधरी इन्सपेक्टर कुमुद ढुंगेल र अपर्ण कोइरालाविरुद्ध वक्तव्यबाजी गरिररहेका छन्।अदालतले उनीहरुको रिट दरपीठ गर्ने संभावना रहेको छ । गृहमन्त्री सहितले भवितब्यमा चरीको ज्यान गएको बताएपछि त्यो दर्ता नभई दरपीठ हुनसक्ने  संभावना रहेको स्रोतले जनाएको छ । प्रहरीले चरीलाई सुनुयोजित रुपमा इन्काउन्टर गरेको भन्दै उनीहरुले छानविनका लागि उच्चस्तरीय छानवीन समिति गठन गर्न माग गरेका छन् ।उनिहरुले चरीको शव समेत बुझेका छैनन् । चरीको गत बुधबार साँझ काठमाडौंको भीमढुंगामा मुठभेड हुदाँ मृत्यु भएको थियो ।  मृत्यु भएको एक हप्ता भन्दा बढी हुदाँ समेत उनका आफन्तले शव बुझ्न मानेका छैनन्।

No comments:

Post a Comment