Monday, February 23, 2015

प्रचण्डले भने, ‘विषालु साँपको टाउको कुल्चिएर पुच्छर छाडेछौं’

‘राष्ट्रपति बन्न यो आन्दोलन होइन’ 

           काठमाडौं, फागुन ११ – एमाओवादी अध्यक्ष प्रचण्डले आफू राष्ट्रपति हुनैका लागि आन्दोलन नगरेको स्पष्ट पारेका छन् । प्रचण्डले राष्ट्रपति बन्ने सपना पूरा गर्न आन्दोलन शुरु गरेको भ्रम फैलाएको भन्दै आफूलाई खोपीको राष्ट्रपति हुन कुनै रहर नरहेको बताएका हुन् । सोमबार खन्ना गार्मेन्टमा मजदुर संगठनहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘प्रचण्डले राष्ट्रपति बन्न आन्दोलन गर्दै भन्ने भ्रम फैलाइँदैछ तर मलाई यो खोपीको राष्ट्रपति हुन कुनै रहर छैन ।’उनले विगतमा आफूहरुबाट धेरै कमजोरीहरु भएको स्वीकार गर्दै अब त्यसलाई सच्याउनका लागि जनताकोमा जानुपरेको बताएका छन् । ‘हिजो हामीले आन्दोलनबाट एउटा विषालु सर्पको टाउको कुल्चियौं,’ राजतन्त्र र सत्तारुढ दल तर्फ संकेत गर्दै प्रचण्डले भने, ‘तर पुच्छर छाड्न गल्ती भएछ ।’ प्रचण्डले जाडोमा कठ्यांग्रिएको सापलाई दुध पिलाउनु आफ्नो ठूलो भुल भएको बताए । उनले फागुन १६ गते
काठमाडौं हजारौं स्वयंसेवक सेनाले भरिने दाबी गर्दै भने, ‘काठमाडौंमा जम्मा भएका लाखौं जनताले करोडौंको रुप लिनेछ ।’ प्रचण्डले अब रक्तपातविहिन युद्धको शुरुवात भएको पनि उद्घोष गरे । आन्दोलनमा हुनसक्ने घुसपैठबारे जानकारी दिँदै प्रचण्डले भने ‘अस्ती पनि घुपैठहरुले मेरै टाउको फुटाउन चाहन्थे तर मलाई सुरक्षाकर्मीले बचाए । अबको आन्दोलनमा सत्तापक्षले भिजिलान्तेहरु प्रयोग गर्न सक्छन् । यसका लागि सर्तक हुनुपर्छ ।’ उनले सत्तापक्षले लाठी प्रयोग गरे त्यसको जवाफमा लाठी प्रयोग गर्ने र गोली नै प्रयोग गरे पनि आन्दोलनलाई निश्कर्षमा पुर्याई छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

No comments:

Post a Comment