Monday, March 16, 2015

जीवनले वर्षासँग रोमान्स गर्ने

           काठमाडौं । रेखा थापादेखि नयाँ नायिका ऋजु श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरेका जीवनले अब वर्षा सिवाकोटीसँग रोमान्स गर्ने भएका छन् । जीवन र वर्षालाई रोमान्सको मेसो मिलाउने काम गरेका छन् निर्देशक कृष्ण पौडेलले । वर्षासँग फिल्ममा काम गर्ने सम्झौता भईसकेपनि जीवन अमेरिकामा रहेकोले कागजी प्रकृया बाँकी रहेको निर्देशक पौडेलले बताए । ‘सत्या’ नाम राखिएको फिल्ममा लेडिज एक्सनलाई विषेश महत्व दिने निर्देशक पौडेलले बताए । यसमा जीबन र वर्षा जोडी बनेर देखिने भएका छन् । सोही फिल्मका लागि गीत रेकडिङ सुरु गरिएको छ । विकास चौधरीको संगीत रहेको छ भने राजेश पायल राईले स्वर दिने भएका छन् । फिल्मको सुटिङ वैशाख
लागेपछि गरिने छ ।

No comments:

Post a Comment