Tuesday, August 6, 2013

मलेसियामा हुने ‘एभरेष्ट कर्न्सटमा तक्मे बुढा र विश्वकै होचा चन्द्रबहादुर डाँगी नाच्ने


                     मलेसियाका विभिन्न शहरमा ४ दिनसम्म आयोजना हुन लागेको ‘एभरेष्ट कर्न्सट’मा ‘मेरी बास्सै’का चर्चित कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ र विश्वकै सबैभन्दा होचा चन्द्रबहादुर डाँगीले नृत्य गर्ने भएका छन् । कार्यक्रमको बिषयमा जानकारी दिन आयोजना गरिएको एक पत्रकार सम्मेलनमा विल्सनले डाँगीसँग आफूले नृत्य गर्ने जानकारी दिए ।विश्व आदिवासी दिवस तथा मलेसियाको ठूलो चाड हरि रायाको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । यो कार्यक्रमको आयोजना १९ औ विश्व आदिवासी दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले एभरेष्ट कर्न्सट नाम दिएर ४

काँग्रेसका नेतालाई चुनाब जित्नकै चिन्ता

congress flag                         काठमाडौं। आगामी मंसिर ४ गते चुनाब हुने कुनै ठेगान नभए पनि नेकांका नेताहरुलाई कसरी चुनाब जितेर पदमा पुग्ने भन्ने चिन्ताले सताउन थालेको देखिएको छ। आगामी निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी केन्द्रीय कार्यालयमा गत साता अयोजना गरेको राष्ट्रिय प्रशिक्षक प्रशिक्षणमा निर्वाचन रणनीति र संगठन विस्तारका बारेमा केन्द्रित रहेको छ। ती विषयमा सहभागीहरूले समूहमा छलफल गरी पार्टीलाई सुझाव समेत दिएका छन्। गत साउन १२ गतेबाट शुरु भएको सो प्रशिक्षणमा अधिकांश बक्ताहरुले चुनाबमा कसरी

Sunday, August 4, 2013

प्रसंग ‘होस्टेल’ ‘तयार हुनुहोस् गोलकिपर भएको पोष्टमा गोल हान्न’

                                            खाली पोष्टमा त जसले पनि गोल हान्छ, जसले गोलकिपर भएको पोष्टमा गोल हान्छ उही नै खेलाडी हो’ । यस्तै खालका संवादका कारण चर्चामा रहेको चलचित्र ‘होस्टेल’ भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।सुनिल रावलको निर्माणमा हेमराज वीसीले निर्देशन गरेको यो चलचित्रले सुतिरहेको नेपाली सिनेमाको व्यापारलाई जुरुक्कै उठाउने विश्वास गरिएको छ । अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी, रीस्ता बस्नेत, प्रकृती श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले अहिले सिनेमा नगरीमा एउटा आशा जगाएको  युवापुस्ता र उनीहरुमा आउने प्रेम, आकर्षण, विकृती,

प्रचण्ड—भटट्राई सबैभन्दा ठूला भ्रष्टाचारी र दलाल

manmohan_prachanda-two-indian                        नेकपा–माओवादीले देशका ‘भ्रष्टाचारी’ र ‘विदेशी दलाल′हरूको नाम सङ्कलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ। सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार राष्ट्रियस्तरमा देखापरेका ‘भ्रष्ट र दलाल′हरूको नाम सङ्कलन गर्ने कार्य उक्त पार्टीले गरिरहेको छ। यसपछि दुई सय चालीस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्नेहरूमध्ये पनि ‘भ्रष्ट र दलाल′हरूको पहिचान गरी नाम सार्वजनिक गरिने बताइएको छ। माओवादीले एमाओवादीका अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराई देशको सबैभन्दा ठूला ‘भ्रष्टाचारी र दलाल′ भएको ठहर गरेको छ। त्यसैगरी वर्षमान पुन,

ड्यासको जनकारवाही लिष्टमा क्यास

netra-bikram-chand                        काठमाडौं। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैद्य माओवादीलाई बुथबुथबाट लखेट्न वाइसीएललाई निर्देशन दिएलगत्तै वैद्य पक्षले प्रचण्ड पक्षका केही नेताहरूलाई जनकारबाही गर्न लिष्ट नै बनाउन थालेको छ। वैद्य नेतृत्वको माओवादीले हरेक बुथमा अर्ध सैन्य दस्ता बनाउने निर्णय यसअघि नै गरिसकेको छ। दाहालको निर्देशन र वैद्यको तयारीलाई हेर्दा निर्वाचनका बुथहरू एमाओवादी र माओवादीको शक्ति प्रदर्शन गर्ने क्षेत्रमा रुपान्तरण हुने सम्भावना छ।  नेकपा माओवादीका एक प्रभावशाली केन्द्रीय सदस्यका अनुसार एमाओवादीका भ्रष्ट र जनविरोधी नेता तथा उम्मेदवारहरूको लिष्ट बनाई उनीहरूमाथि चरणबद्ध रुपमा

सुरक्षा बैठकमा गुरुङलाई दनक

madav ghimire                       काठमाडौं। चुनाव हुने  निश्चित नभएपछि प्रहरी अधिकारीलाई भने चुनाव लागिसकेको छ। सशस्त्र प्रहरीले बुधबार निर्वाचन सेल स्थापना गरेको छ भने नेपाल प्रहरीका कार्य विभागका एआईजी पुष्कर रेग्मीले पनि बुधबार निर्वाचन सुरक्षाको विषयमा सेलका अधिकारीलाई निर्देशन दिइसकेका छन्। बिहिबार मन्त्रीपरिषद्को बैठकको एजेण्डा पनि सुरक्षा योजना नै भयो।
                           चुनावको मिति नजिकिँदै गर्दा दलहरू त्यति नताते पनि सुरक्षा निकाय भने तातिसकेको छ। गत सोमबार सुरक्षाकै विषयमा मध्यरातिसम्म छलफल चल्यो। गृहमन्त्री माधवप्रसाद घिमिरेको अध्यक्षतामा

७ हजार दर्शकको बिचमा लण्डनमा नेपथ्यको कर्न्सट

                            नेपालको चर्चित व्याण्ड ‘नेपथ्य’ले लण्डनमा भव्य कर्न्सट गरेको छ । ‘आकाशैबाट के उडी आयो भेडाको उनजस्तो मायाको फोटो मै खिची लान्छु पूर्नेको जुनजस्तो’ गीतबाट सुरु भएको कर्न्सटमा  दर्शकहरुको खचाखच उपस्थिती थियो ।
                      बेलायतको अन्तरराष्ट्रिय मञ्च मानिने बेम्लीमा नेपथ्य व्याण्डका गायक अमृत गुरुङले चर्चित गीतहरु गाएका थिए । यो मञ्चमा विश्वका चर्चित ब्यान्डहरु स्याडोज, द होलिज, स्पाइस गल्स, रोलिङ स्टोन्स लगायतले आफ्ना गीतहरु पस्किसकेका छन् ।
                                  यो कार्यक्रममा गायक अमृत गुरुङले जोगल हुन्छ भेट, रेशम, तालको पानी माछिले खानी, चरी मर्‍यो शिशैको  गोलीले, छेक्यो छेक्यो देउराली डााडा