Sunday, August 4, 2013

प्रसंग ‘होस्टेल’ ‘तयार हुनुहोस् गोलकिपर भएको पोष्टमा गोल हान्न’

                                            खाली पोष्टमा त जसले पनि गोल हान्छ, जसले गोलकिपर भएको पोष्टमा गोल हान्छ उही नै खेलाडी हो’ । यस्तै खालका संवादका कारण चर्चामा रहेको चलचित्र ‘होस्टेल’ भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।सुनिल रावलको निर्माणमा हेमराज वीसीले निर्देशन गरेको यो चलचित्रले सुतिरहेको नेपाली सिनेमाको व्यापारलाई जुरुक्कै उठाउने विश्वास गरिएको छ । अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी, रीस्ता बस्नेत, प्रकृती श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले अहिले सिनेमा नगरीमा एउटा आशा जगाएको  युवापुस्ता र उनीहरुमा आउने प्रेम, आकर्षण, विकृती,
निराशा लगायतका बिषयलाई सिनेमाले उठान गरेको छ । चलचित्रमा समावेश ‘हट त उसिनेको आलु पनि हुन्छ, केटी भनेको त क्यूट हुनुपर्छ’ भन्ने संवाद निक्कै हिट छ

No comments:

Post a Comment