काठमाडौ। नेकांले एमाले सहितको गठबन्धन सरकार बनाउन पहल गरिरहेको बेला केही एमाले नेताहरुले एमाओवादी लगायतका अन्य दललाई लिएर आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने पहल गरिरहेको थाहा भएको छ। संविधानसभाको निर्वाचनको परिणाम सार्बजनिक भएपछि नयाँ सरकार गठनका जोडघटाउ शुरुभएको छ। दुई ठूला दल कांग्रेस र एमालेका शीर्षनेताहरु सहमतीय सरकार गठनको प्रयासमा छन्।तर, कुरा नमिले अघिल्लो संविधानसभामा जस्तै सहमतिको नाम जप्दै बहुमतीय सरकार गठन नहोला भन्न नसकिने जानकारहरुको भनाई छ। समानुपातिकको समेत मत परिणाम सार्बजनिक भएपछि पनि बहुमतीय सरकार गठन आवश्यक ३०१ कुनै पनि दलसँग छैन।
तर, कांग्रेस र एमालेले अन्य दलको साथ लिएर सरकार बनाउन सक्ने देखिन्छ। कांग्रेस र एमालेका दुई दुई नेता दुई स्थानबाट विजयी भएका छन्। उपनिर्वाचन नहुँदासम्म मन्त्रिपरिषदबाट मनोनित २६ लाई समेत कायमगर्दा संविधानसभा ५९७ सदस्यीय हुने




