Thursday, October 9, 2014

कालीगण्डकी किनारमा मतपत्र भेटिए

बैकुण्ठ गिरी
                 असोज २४ पर्वत गत मसिंर ४ मा सम्पन्न भएको संविधानसभाको दोस्रो निर्वाचनमा प्रयोग भएका मतपत्रहरु कलिगण्डकीको किनारामा भेटिएका छन् । 
ब्यापक रुपमा मतपेटीका साटीएको र निश्पक्ष चुनाव नभएको भन्ने एकिकृत नेकपा माओवादीले आरोप लगाइरहेको अवस्थामा दोस्रो संविधान सभाको १० महिना पछि पर्वत जिल्लामा साटिएका मतपत्र भेटिएका हुन् । 
        संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली सेना र प्रहरीको मिलोमतोमा सबैभन्दा बढि नेपाली कांग्रेस र एमालेले पनि मतपेटीका साटेको आरोप एमाओवादीले विगतमा लगाउँदै आएको थियो । देशैभर मतपेटीकामा धाँधली गरिएको एमाओवादीको निश्कर्ष रहेको थियो भने पछि छानविन र अनुसन्धान भैरहेको सन्दर्भमा पर्वत जिल्ला कुश्मा नगरपालीका स्थीत जल्कीनि मा यसरी मतपत्र भेटिनुले दोस्रो संविधानसभाको निर्वाचन शान्तिपुर्ण नभएको भन्ने विषय खोक्रो कुरा सावित भएको एमाओवादी  पर्वतका सचिव ढाकाराम

Tuesday, September 30, 2014

अरुणिमा तर्क, ‘बिहे गरेपछि बेडसिन दिन झनै सजिलो’

        बिहे पश्चात नायिकाहरु सिने नगरीबाट हराउछन् भनिन्छ । विशेषगरी नायिकाहरु प्रतिको झुकाव दर्शकममा कम हुदै जान्छ भन्नेहरु पनि एकातिर छन् । तर नेपाली सिनेमाकी चर्चित नायिका अरुणिमा लम्साल भने नेपालमा बिहे पश्चात नै नायिकाहरु चर्चामा रहेको तर्क गर्छिन् । बिहे पश्चात नै नेपालमा नायिकाहरुको करिअर बलेको वुझाई अरुणिमाको छ । हाल सिने नगरीबाट केही पछि देखिएकी लम्सालको ‘उर्वशी’ र ‘पिपल’ नामका दुई सिनेमा प्रदर्शनका लागि तयार छन् । बिहे पश्चात पनि नायिकाहरुले बेडसिन दिइरहेको उदाहरण नेपाली सिनेमामा देखिएको छ । यो बिषयमा प्रश्न राख्दा नायिका लम्सालले कलाकार भएपछि सबै खालको भूमिका गर्नुपर्ने

टोपबहादुरले भने– सहमतिको बाधक केपी ओली

           अर्घाखाँची, असोज १४ -एमाओवादी नेता टोपबहादुर रायमाझीले राजनीतिक सहमतिको बाधक एमाले अध्यक्ष केपी ओली भएको आरोप लगाएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डलाई राजनीतिक समितिको संयोजक नबनाइकन सहमति हुन नसक्ने भन्दै उनले कांग्रेस र एमालेका सबैले माने पनि केपी ओलीले नमानेको बताए । अर्घाखाँचीमा मंगलबार आयोजित एक साक्षात्कार कार्यक्रममा सहमतिको बाधक ओली भएको भन्दै रायमाझीले भने–प्रचण्डलाई राजनीतिक संयन्त्रको संयोजक बन्ने कुरामा कांग्रेसले मान्यो, एमालेका अरु नेताले पनि माने तर एमाले अध्यक्ष केपी ओली मान्न तयार भएननु, ओली कै कारण सहमति हुन नसक्दा समस्या झन जटिल भएको भयो । माघ ८ गते संविधान जारी गर्न पनि प्रचण्डलाई उच्चस्तरीय राजनीतिक समतिको संयोजक बनाउनुपर्ने उनको तर्क छ । प्रचण्डलाई संयोजक नबनाएसम्म

भारतमा १६ जनाले आत्महत्या गरे मुख्यमन्त्रीलाई जेल सजायँ सुनाएपछि

              मुख्यमन्त्रीलाई जेल सजायँ सुनाउँदा के त्यो राज्यका जनताले भावनामा बगेर धमाधम आत्महत्या गर्न सक्छन् ? झट्ट सुन्दा यो कुरा हास्यास्पद लागे पनि भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललितालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएपछि कम्तिमा १६ जनाले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपि यस्ता विषय पुष्टी गर्न सकिँदैन । तर,यो खबरलाई अभिनेत्री समेत रहेकी तमिलनाडुकी जयललितालाई भएको जेल सजायसँग जोडिएर हेरिएको छ । समाचारहरुका अनुसार जयललितालाई जेल पठाएपछि केहीले आत्महत्या गरेका छन् भने केहीलाई हृदयघात भएको छ । द्रविड आन्दोलनका संस्थापक डा. सीएन अन्नादुरैको मृत्युपछि पनि केही मानिसले आत्महत्या गरेका थिए । मनोचिकित्सकहरु भने आत्महत्याको यस्तो घटनाका पछाडी सामाजिक एवं सांस्कृतिक कारण हुने बताउँछन् । मनोचिकित्सक डा. एन रंजराजन भन्छन्-‘धेरै मानिसको उनीहरुसँग कुनै चिनजान

जसले फिर्ता गरे ट्याक्सीमा भेटाएको पाँच लाख

               काठमाडौं,असोज १५ – आफ्नो ट्याक्सीमा भेटिएको पाँच लाख रुपैयाँ एक चालकले धनीलाई फिर्ता गरेका छन् । बा१ज ११८५ नम्बरको ट्याक्सीका चालक दिनेश केसीले रकम फिर्ता गरेका हुन् । आफ्नो ट्याक्सीमा खसेको पैसा लुकाउन भन्दा धनीलाई बुझाउन हतार गरेर केसी बुझाउन सोझै ट्राफिक कार्यालय पुगेका थिए । ट्याक्सी चालकले पाँच लाख रुपैयाँको बिटो बोकेर जाँदा सुरुमा महानगरीय ट्राफिक महाशाखाका धेरै ट्राफिकले विश्वासै गरेनन् । पुतलीसडकबाट बानेश्वर जाने क्रममा एक यात्रुले छुटाएको रकम लिएर उनी कार्यालयमा पुगेका थिए । 
                 इमान्दार ट्याक्सी चालकको भूमिका निर्वाह गरेका केसीको इमानदारीको कदर जताजतै हुन थालेको छ । पैसा हराउने काभ्रेका अच्युत गौतमले उनलाई २० हजार नगद पुरस्कार दिएका छन् । यति मात्र होइन,उनलाई धन्यवाद दिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल ट्राफिक महाशाखा नै पुगेका थिए । दुई सातापछिको प्रहरी दिवसमा १० हजार रुपैयाँ नगदसहित उनलाई सम्मान गर्ने निर्णय पनि महानिरीक्षक अर्यालले गरेका छन् । पुतलीसडकबाट बानेश्वर जाने क्रममा गौतमको पाँच लाख रुपैया छुटेको थियो । पुतलीसडकको सेन्चुरी बैंकबाट १९ लाख निकालेर बानेश्वरको एक बैंकमा जम्मा गर्न जाँदा उनले प्रयोग गरेको कमसल झोलाबाट पाँच लाख झरेको थियो । ट्याक्सी तथा अन्य सार्वजनिक यातायातमा हराएको तथा छुटेको सामान सर्वसाधारणले विरलै पाउँछन् । केही सवारी चालकले भने इमान्दारितापुर्वक

Saturday, September 27, 2014

शुभेच्छाको फेरि यस्तो पोज

        राजु गिरीले निर्देशन गरेको चलचित्र ‘टाइगर द रियल हिरो’को च्यारेटी शो गरिएको छ । 
              अनाथ बालबालिकाहरुको सहयोगका लागि काठमाण्डौको हिरारत्न हलमा सिनेमाको च्यारेटी गरिएको हो ।
                    निर्देशक राजु गिरीले विभिन्न संस्थामा रहेका टुहुरा र असाहय बालबालिकाका लागि च्यारेटीबाट उठेको रकम खर्च गर्ने बताए । 
             यसैविच, चलचित्रकी कलाकार शुभेच्छा थापाले सिनेमाको पोष्टरका लागि हट फोटोसुट गरेकी छिन् । 
               प्रदर्शन मिति तय नभएको यो सिनेमामा थापाका अलवा सुशान्त कार्की, अशोक फुयाँल, समिक्षा अर्यालको मुख्य

एनजिओले दियो सभासदलाई संविधान लेखनबारे तालिम

क-कसले सिकाए सभासदलाई संविधान लेख्न ? 
           
       ११ असोज, काठमाडौं । संविधान निर्माण प्रक्रियामा एनजीओ/आइएनजीओको भूमिकाको बेलाबेलामा चर्चा र आलोचना हुने गरेको छ । सभासदहरुले संविधानसभा बाहिर हुने कुनै पनि प्रक्रिया स्वीकार्य हुँदैन पनि भन्न पनि छाडेका छैनन् तर, संविधानसभाभित्र प्रत्यक्ष अप्रत्यक्ष रुपमा एनजीओको चलचेख भने रोकिएको छैन । नेपाल ल सोसाइटी नामक एनजीओले संविधान मस्यौदा समितिका सभासदहरुलाई नगरकोटमा लगेर मस्यौदा लेखनबारे तालिम दिएको छ । यसअघि गत माघमा नेपाल कानुन समाजले संविधानसभा नियमावलीको मस्यौदा बनाएको सार्वजनिक भएपछि निकै आलोचना भएको थियो । सभासदहरुलाई तालिम तथा प्रशिक्षण दिन संविधानसभामा छुट्टै समिति नभएको भने होइन । संविधानसभामा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति छ । यसको काम भनेकै सभासदहरुलाई संविधान लेखनका क्रममा आवश्यक तालिमदेखि