यसैले पनि नेपालका चर्चित
कलाकारहरु भोजपुरी सिनेमा खेल्न अग्रसर देखिएका छन् । नेपाली सिनेमाका
याक्सन हिरो विराज भट्ट यतिबेला भोजपुरीको टप थ्री नायकमा गनिन्छन् ।
यस्तै
आयुष रिजाल पनि भोजपुरी सिनेमा नगरीमै संघर्षरत छन् । अब यो भिडमा नेपालकै
चर्चित नायिका रेखा थापाको नाम पनि जोडिएको छ । रेखा नेपाली र भोजपुरी
भाषामा निर्माण हुन लागेको चलचित्र ‘रफ्तार’मा अभिनय गर्न कस्सिएकी छिन् ।
असार २५ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रलाई समिरकुमार जोशीले
निर्देशन गर्दैछन् ।
बी.एन.बी इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको
यो चलचित्रमा रेखाका अलवा निरजराज पौडेल, शिव आचार्य लगायतका कलाकारको
अभिनय रहने बताइएको छ । चलचित्रको छायांकन विरगञ्ज, सितामणी, वुटवल लगायतका
क्षेत्रमा गरिनेछ । रेखासँगै अभिनय गर्न लागेका निरजराज भोजपुरी सिनेमाका
चर्चित संगीतकार तथा कलाकार हुन् । उनले केही भोजपुरी सिनेममा काम गरिसकेका
छन् ।
यसैबिच रेखाले आफै निर्माण गरेको चलचित्र
काली पनि भोजपुरी भाषामा डबिङ गर्ने सोच उनको थियो । तर भोजपुरी भाषामा डब
गर्दा गीत पुन रेकडिङ गर्नुपर्ने भएपछि रेखा पछि हटेको वुझिएको छ । गीतकै
लागि ५ लाख बढिको बजेट खर्च गर्नु पर्ने भएपछि रेखा झस्किएको वुझिएको छ ।
No comments:
Post a Comment