prachanda_wife                 काठमाडौ, असार २३ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आज सिंगापुर प्रस्थान गरेका छन्।पत्नी सीताको उपचारको लागि  अध्यक्ष दाहाल थाई एयरको बिमानबाट सिंगापुर प्रस्थान गरेका हुन् ।
                 श्रीमती  र भतिज समिर दाहालका साथ १:३० बजे थाइल्याण्ड हुँदै सिंगापुर उनी उडेकाका छन्।
                     मृगौलाको समस्याबाट पीडित सीताको उपचारका लागि यसअघि पनि गत पुषमा थाईल्याण्डस्थित बुमरङ्गगार्ड इण्टरनेशनल अस्पतालमा लगिएको
थियो ।
सीताको सिंगापुरस्थित ट्याङ टोक सेङ अस्पतालमा उपचार गर्न लागिएको हो । यो सिंगापुरको तेस्रो ठूलो अस्पताल हो ।