Sunday, July 7, 2013

दुई दिनमा दुई किशोरी बलात्कृत

               दाङ, २०७० असार २३ । दाङमा दुई दिनमा दुई किशोरी बलात्कृत भएका छन् । शनिबार राती १७ वर्षीया किशोरी तुलसीपुर बसपार्कमा बलात्कृत भएको प्रहरीले जनाएको छ ।
               चार जनाको समूहले किशोरीमाथि बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले किशोरीमाथि बलात्कारको आरोपित चारै जनालाई पक्राउ गरेको छ ।
               पक्राउ पर्नेमा प्यूठानका वीरबहादुर खत्री, सल्यानका युवराज डाँगी, अर्जुन योगी र चन्द्र डाँगी
छन् ।
शुक्रबार अपरान्ह्र फूलबारी- ६ ढकनाको जंगलमा गोल्टाकुरी गाविसकी एक १५ वर्षीया किशोरीले ‘सामूहिक बलात्कार’ भएको बताएकी थिइन् । मुख छोपेका चार जना युवाहरुले लछारपछार पारेको र त्यसपछि बेहोश भएकाले केही थाहा नपाएको किशोरीले बताएकी छन् ।

No comments:

Post a Comment