Sunday, July 7, 2013

हत्या अभियोगमा तीन नेपालीसहित ९ जना हिरासतमा

malaysia1          काठमडौं, असार २३- मलेसियन नागरिकको हत्या अभियोगमा मलेसियामा तीन नेपालीसहित ९ जनालाई प्रहरीले हिरासतमा लिएको छ । सेलङरमा रहेको डेल्वोएड भेन्चर बरहाद कम्पनीमा कार्यरत ३ नेपालीसहित ९ जनालाई प्रहरीले हिरासतमा लिएको हो । सिराहाका मङगल यादब, महोत्तरीका सञ्जयकुमार शाह र रौतहटका बलरामकुमार मण्डललाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ भने अन्य ६ जना वंगलादेशि नागरिक रहेका छन् ।
                       होस्टलमा बसेका नेपाली श्रमिकलाई अन्धाधुन्द कुटपिट गरेपछि प्रतिकार गर्ने क्रममा उनको मृत्यु भएको नेपाली श्रमिकहरुले जानकारी दिएका छन् । मदिरा सेवन गरेका उनले होस्टलमा रहेकाहरुलाई एक-एक गरी कुट्न सुरु गरेका थिए । नेपालीको प्रतिकारबाट घाइते उनको उपचारका क्रममा मृत्यु भएको
जनाइएको छ ।
सो होस्टेलमा बंगलादेशी नागरिक पनि रहेका थिए । उनीहरुपनि पनि घटनामा संलग्न रहेका आराप लगाइएको छ ।  यसैबीच घटनाको विषयमा नेपाली दूतावासले स्थानीय निकायहरुलाई जानकारी गराएको छ । नेपाली दुतावासका कर्मचारी कृष्ण विष्ट कम्पनीमा तथा स्थानिय प्रहरी कार्यालयमा पुगि त्यसक्षेत्रका श्रमिकहरुको सुरक्षा ब्यवस्था मिलाउन आग्रह गरेका छन्। हाल उक्त क्षेत्रमा प्रहरीले सुरक्षा तैनाथी वाक्लो वनाएको छ । प्रहरीले सोहि अभियोगमा विभिन्न व्यक्तिहरुसंग सोधपुछ गरिरहेको छ । स्थानिय प्रहरीले घटनाको छानविन पुरा नहुँदासम्म त्यस कम्पनीमा कार्यरत श्रमिकहरुलाई कम्पनी तथा देश नछाड्न समेत अनुरोध गरेको विष्टले जानकारी गराए। नेपाली श्रमिकहरुले उक्त ब्यक्तिलाई आफुहरुले कुटपिट नगरेको वताउँदै आएका छन । आफुलाइ कम्पनी आउन जान र बाहिर निस्कन खतरा भएको भन्दै नेपाली श्रमिकहरुले सुरक्षाको व्यवस्था मिलाईदिन समेत सम्वन्धित निकायहरुमा अनुरोध गरेका छन ।

No comments:

Post a Comment