Tuesday, July 23, 2013

बलिउडमा श्रुतीको चर्चा, भन्छिन् ‘म बोल्ड हैन कामुक छु’

            साउथ इन्डियामा आफ्नो सेक्सी फिगर र उत्कृष्ट अभिनयका कारण चर्चा कमाएकी नायिका श्रुती हसन यतिबेला बलिउडमा पनि चर्चामा छिन् । 
          चर्चित साउथ इन्डियन कलाकार कमल हसनकी छोरी श्रुतीले अभिनय गरेको ‘रमैया वास्तभैया’ र ‘डी डे’ यतिबेला प्रदर्शन भइरहेका छन् ।
          २ सिनेमा जुध्दा उनलाई घाटा त भएकै छ तर पनि उनी बलिउडमा चर्चा कमाउन सफल छिन् ।
        श्रुतीले भारतिय संचारमाध्यमहरुसँग कुरा गर्दै भनेकी छिन्, ‘म बोल्ड भन्दा पनि कामुक छु ।’
                  उनले आफ्नो भूमिका पनि सिनेमामा यस्तै भएको बताइन् । बलिउडमा यतिबेला श्रुतीको
रुपको पनि चर्चा निक्कै छ ।
          सिनेमामा आफ्नो छुट्टै पहिचान बनाएका कमल हसनकी छोरी श्रुतीले पनि बलिउडका अन्य नायिकाहरुलाई टक्कर दिने विश्वास गरिएको छ ।

No comments:

Post a Comment