बलिउड सुन्दर नायिका कटि्रना कैफ आफ्नो
जन्मदिन मनाउन लण्डन पुगेकी छिन् । १५ बर्ष अघि भारत आएकी कटि्रनाले
बलिउडमा यतिबेला राज गरिरहेकी छिन् ।
बलिउड प्रवेशसँगै नायक सलमान खानको
प्रेमिकाको रुपमा चिनिएकी कटि्रना हाल अर्का नायक रणवीर कपुरसँग नजिक छिन् ।रणवीरसँग
स्पेनमा छुट्टी मनाएर फर्के लगतै कटि्रना साउन १ अर्थात जुलाई १६ मा परेको
आफ्नो जन्मदिन मनाउन लण्डन पुगेकी हुन् । यो बर्षको अन्त्यमा मात्र
कटि्रनाको चलचित्र ‘धुम ३’ आउने छ । यसैले पनि उनी यतिबेला खाली बसेकी
छिन्
।
कटि्रनाको सिनेमा नआउदा अन्य नायिकाले
उछिनेको विश्लेषण गरिएको छ । नायिका दीपिका पादुकोणले अभिनय गरेका सिनेमाले
लगातार १ सय करोडको क्लबमा सामेल भइरहदा कटि्रना भने खाली हात बसेकी छिन् ।
गतबर्ष उनले अभिनय गरेका दुई चलचित्र ‘एक था टाइगर’ र ‘जब तक हे जान’ १ सय
करोडको क्लबमा नाम लेखाउन सफल भएका थिए ।
बलिउड प्रवेशसँगै चर्चामा आउन सफल
कटि्रनाको जन्मदिनमा उनी त खुशी छिन् नै उनका फ्यानहरु पनि निक्कै खुशी
छिन् । बलिउड सुन्दर नायिका कटि्रनालाई जन्मदिनको अवसरमा हाम्रो तर्फबाट
पनि शुभकामना ।
No comments:
Post a Comment