पछिल्लो वर्ष चीनको चासो नेपालको सुरक्षा क्षेत्रमा केन्द्रित भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा गृह मन्त्रालयका अधिकारीलाई हरेक हप्ताजसो तालिम तथा भ्रमणमा बोलाएर उसले सम्बन्ध मजबुत बनाउन खोजिरहेको छ। नेपाल प्रहरीलाई डिजिटल संचार सेट सहयोग
त्यस्तै विकास निर्माणको क्षेत्रमा पनि चीनले हरेक वर्ष चासो बढाइरहेको छ। यसको प्रमुख उद्देश्य भनेको नेपालको दक्षिणी छिमेकी भारतको प्रभावमा कमी ल्याउने र आफूप्रतिको सद्भाव बढाउने नै हो।पछिल्लो समयमा सेनासँग पनि चीनले दोस्ती बढाउन सुरु गरिसकेको छ। नेपाली सेनाको भारतसँग पुरानो सम्बन्ध छ। एकले अर्काे देशको सेनापतिलाई मानार्थ सेनापतिको रुपमा समेत सम्मान गर्दै आएका छन्। तर नेपाली सेनाको चीनसँग भने खासै निकटता छैन। उल्लेख्य सहयोग लेनदेन पनि भएको छैन। नेपालमा आक्रामक कूटनीतिक अभियान अन्तर्गत चीनले सेनासँग पनि आफ्नो दोस्ती प्रगाढ बनाउने प्रयास गरेको छ। त्यही अर्न्तगत नेपाली सेनाका प्रधानसेनापति गौरवशमशेर राणालाई यतिबेला बेइजिङले विशेष सम्मान दिएको छ। गत शुक्रबारदेखि चीन भ्रमणमा रहेका राणा चीनले आफूमाथि गरेको सत्कारबाट आश्चर्यचकित भएका छन्। चिनियाँ जनमुुक्ति सेनाका प्रमुख फाङ फेङगुईको निमन्त्रणामा चीन भ्रमण गएका राणालाई चिनियाँ जनमुक्ति सेनाको विशेष हवाइजहाज चढेर युनानबाट बेइजिङ पुगेका छन्।
हिजो सोमबार उनले बेइजिङमा चिनियाँ सेनाका एयर मार्सल चिफ कु क्वाइलिङसँग लगायतसँग भेटघाट गरेका छन्। त्यस्तै चीनले नेपाली सेनालाई सहयोग गर्न लागेको ५ करोड ९० लाख आरएमबी बराबरको दुईवटा मोबाइल अस्पताल सम्बन्धमा पनि हस्ताक्षर भएको छ। थप पाँच करोड आरएमबीको सहयोग गर्ने प्रतिबद्धता पनि चिनियाँ सेनाले गरेको छ।
चिनियाँ सेनाले नेपाली सेनालाई यसअघि सहयोग र सम्मान गरेको थिएन। राणाको भ्रमणपछि चीनले सेनास्तरमा पनि सम्बन्ध प्रगाढ बनाउन लागेको सैनिक अधिकारीहरू बताउँछन्।
No comments:
Post a Comment