बलिउड बादशाह साहरुख खान अभिनित
चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले पहिलो सातामा सबै रेकर्ड ब्रेक गर्दै नयाँ
इतिहास रचेको छ । चलचित्रले बलिउड सिने नगरीमा यस अघि बनेका सबै रेकर्डलाई
तोड्दै नयाँ इतिहास बनाएको हो ।चलचित्रले
एक सातामा १५७ करोडको व्यापार गरेको छ । चलचित्रले भारतको स्वतन्त्रता
दिवसको दिनमा प्रदर्शनमा आएको अक्षय कुमारको नयाँ चलचित्र ‘वन्स अपन अ टाइम
ईन मुम्बइ दोबारा’को व्यापारलाई पनि उछिनेको छ । यो चलचित्रले बिहिबार ९
करोडको व्यापार गरेको छ भने ‘चेन्नाई एक्सप्रेस’ले १९.५ करोडको
व्यापार
गरेको छ । सलमान खान अभिनित ‘एक था टाइगर’ले एक सातामा गरेको १३५ करोडको
व्यापारलाई समेत साहरुखले उछिनेका छन् । चलचित्रले सलमानका अघिल्ला सफल
चलचित्र ‘बडीगार्ड’, ‘दबंग २’,‘रेडी’को लाइफ टाइम बीजनेशलाई समेत एक सातामै
उछिनेको छ । दोश्रो सातामा समेत राम्रो व्यापारको छनक
देखाएको यो चलचित्रले २ सय करोडको आँकडा छुने पक्का जस्तै देखिएको छ ।
रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान र दीपिका
पादुकोणको मुख्य भूमिका छ । चेन्नाई एक्सप्रेसले आफूलाई एक सातामै बलिउडमा
प्रदर्शनमा आएका सफल चलचित्रको सुचिको चौथो स्थानमा उभ्याइसकेको छ । अब ४५
करोड कमाएको खण्डमा यसले थ्री इडियट्सले कमाएको २०२ करोडको सबैभन्दा ठूलो
व्यापारको आँकडालाई पनि उछिन्ने छ ।
No comments:
Post a Comment