सिनेमाको प्रचारप्रसार दर्शकसम्म पुग्न
सक्यो र राम्रो मार्केटिङ गरियो भने चलचित्रले उत्कृष्ट व्यापार गर्छ
भन्ने उदाहरण केही हप्ता अघि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘चेन्नई
एक्सप्रेस’ले देखाएको थियो ।यही
उदाहरण लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा पनि दोहोरिएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल’को व्यापारले यस्तै कुराको
संकेत गरेको छ । शुक्रबार पनि सिनेमा हेर्न दर्शक हलसम्म नआइरहेको अवस्थामा
‘होस्टेल’ले देशभर बम्पर ओपनिङ गरेको छ । चलचित्र हेर्न दर्शक ओइरिएपछि
बलिउड चलचित्र ‘सत्याग्रह’का लागि छुट्टयाइएका शोहरु पनि ‘होस्टेल’को
भागमा
परेको छ । चलचित्र हेर्न दर्शक ओइरिएपछि काठमाण्डौको
गोपीकृष्ण हलमा लाठिचार्ज भएको बताइएको छ । ‘सत्याग्रह’लाई सानो हलमा
सारेर ‘होस्टेल’लाई ठूला २ वटा हल दिइएको छ । यस्तै चलचित्रको शो
काठमाण्डौको क्यूएफएक्समा पनि थपिएको छ । मोफसलबाट पनि सिनेमाको रिपोर्ट सुखद आइरहेको छ । पोखरा, नारायणगढ लगायतका क्षेत्रमा चलचित्रले बम्पर ओपनिङ गरेको छ ।
शुक्रबार सिनेमा हेर्ने दर्शकको भिड देखेर
शनिबारको व्यापारको समेत आँकलन सुरु भैसकेको छ । लामो समयपछि नेपाली
सिनेमाले ओपनिङ कलेक्शनमा सुखद सुरुवात गरेको हो । चलचित्रलाई दर्शकहरुले
मन पराएको बताइएको छ । सुस्ताएको नेपाली सिनेमाका लागि यो एक सुखद खबर हो ।
यसअघि पनि केही नेपाली चलचित्रले बलिउडका चर्चित कलाकारहरुले खेलेका
सिनेमालाई हलबाट नै विस्थापित गरेका थिए ।
No comments:
Post a Comment