Thursday, September 19, 2013

रणबीर–दिपिकाको ‘रामलीला’

ramleela                    (एजेन्सी)–सञ्जय लीला भंसालीद्वारा निर्देशित ‘रामलीला’को पहिलो झलक पेश गरिएको थियो । फिल्ममा रणबीर सिंह र दिपिका पादुकोणको मुख्य भूमिका रहेको छ । फिल्म १५ नोभेम्बरमा रिलिज हुने छ ।
                  यो मौकामा रणबीरले भने, ‘दिपिकाको साथमा मेरो जोडी फिल्मको मुख्य आकर्षण हुनेछ । यो रोमियो र जुलियटको जस्तै एक प्रेम कहानी हो र मलाई लाग्छ कि हाम्रो जोडिले काम गर्नेछ ।’
              फिल्मको सुटिङको दौरान रणबीर र दिपिकाको कथित अफेयरको खुब चर्चा र परिचर्चा भए । यो बारेमा मिडियाले दुबैजनासँग प्रश्न गरे
तर दुबैले यस्ता प्रश्नलाई आलटाल गरे । रामलीला शेक्सपियरद्वारा रचित ‘रोमियो एण्ड जुलियट’ को अडेप्टेसन हो ।

No comments:

Post a Comment