(एजेन्सी)–सञ्जय
लीला भंसालीद्वारा निर्देशित ‘रामलीला’को पहिलो झलक पेश
गरिएको थियो । फिल्ममा रणबीर सिंह र दिपिका पादुकोणको मुख्य भूमिका रहेको छ
। फिल्म १५ नोभेम्बरमा रिलिज हुने छ ।
यो मौकामा रणबीरले भने, ‘दिपिकाको साथमा
मेरो जोडी फिल्मको मुख्य आकर्षण हुनेछ । यो रोमियो र जुलियटको जस्तै एक
प्रेम कहानी हो र मलाई लाग्छ कि हाम्रो जोडिले काम गर्नेछ ।’
फिल्मको सुटिङको दौरान रणबीर र दिपिकाको
कथित अफेयरको खुब चर्चा र परिचर्चा भए । यो बारेमा मिडियाले दुबैजनासँग
प्रश्न गरे
तर दुबैले यस्ता प्रश्नलाई आलटाल गरे । रामलीला शेक्सपियरद्वारा रचित ‘रोमियो एण्ड जुलियट’ को अडेप्टेसन हो ।
No comments:
Post a Comment