Tuesday, September 17, 2013

साहरुखसँग ३ हजार करोड, सलमान १४४ करोडका मालिक

bollywoodartist                     बलिउडमा सफल कलाकारको चर्चा जति हुन्छ, त्यति नै धन सम्पत्तीका मालिक छन् उनीहरु । सिनेमामा अभिनय गर्ने कलाकारहरु सफलतासँगै धनसम्पत्ती पनि प्रशस्त कमाउने गर्दछन् ।
                   बलिउडका कलाकारहरुको घरमा सम्पत्तीको खजना नै छ ।बलिउडको मात्र नभई विश्वकै धनी कलाकारको सूचिमा साहरुख खानको नाम आउछ । साहरुखसँग बैंक ब्यालेन्स मात्र ३ हजार करोड रहेको बताइन्छ । यो बाहेक उनीसँग महंगा तिनवटा घर, महंगा गाडी र अन्य सम्पत्ती छ । साहरुख विश्वकै धनी कलाकारको सूचिमा समेत पर्दछन् ।
               हालसम्म बिहे नगरी बसेका बलिउडका चर्चित नायक सलमान खानसँग १ सय ४४ करोड सम्पत्ती
रहेको बताइन्छ । यस्तै अहिलेकी हट केक नायिका कटि्रना कैफ पनि बैंक ब्यालेन्स जम्मा गर्ने नायिकाको सूचिमा पर्छिन् । उनीसँग ६२.२५ करोड बैंक ब्यालेन्स रहेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।
              अविवाहित नायिका प्रियंका चोपडासँग ३९.६७ करोड सम्पत्ती छ । उनले पनि सिनेमा, विज्ञापनबाट राम्रो आम्दानी गर्दै आएकी छिन् । बलिउडमा ७ बर्ष बिताइसकेकी नायिका दीपिका पादुकोणले २५.६५ करोड कमाइसकेकी छिन् । अहिले बलिउडमा उनको माग दिनप्रति दिन बढिरहेको छ ।
                  साहरुख खानको चलचित्रबाट बलिउडमा डेब्यू गरेकी नायिका अनुष्का शर्माले २१ करोड कमाइसकेकी छिन् । यस्तै अर्का अविवाहित नायक साहिद कपुरको बैंक ब्यालेन्स ३३ करोड रहेको बताइन्छ ।
नायिका विपशा बासुले पनि २६.८३ करोड बैंक ब्यालेन्स जम्मा गरिसकेकी छिन् । अनिल कपुरकी छोरी सोनम कपुरले पनि केही विज्ञापन र सिनेमाको माध्यमबाट साढे ४ करोड जम्मा गरिसकेकी छिन् ।
              आइपीएलको टिम समेत खरिद गरिसकेकी नायिका पि्रती जिन्टासँग ४.४ करोड सम्पत्ती रहेको बताइन्छ ।
अर्का अविवाहित नायक जोन अब्राहमसँग १९ करोड सम्पत्ती रहेको बताइन्छ । बलिउडका अहिलेका सर्वाधिक चर्चित नायक रणविर कपुरसँग ७७.१७ करोड बैंक ब्यालेन्स रहेको छ ।

No comments:

Post a Comment