४ असोज, काठमाण्डौं । २५ वर्षअघि मानसिक
रुपमा अस्वस्थ भएकी डाक्टर अरुणा उप्रेतीले आफूलाई के भएको पत्ता लगाउनै
सकिनन् । त्यतिबेला उनलाई खान मन नलाग्ने, परिवारका सदस्यसँग बोल्न मन
नलाग्ने, श्रीमानसँग झगडा गरिरहने लगायत समस्या थियो । कसै गर्दा पनि ठीक
नभएपछि धामीझाँक्रीकहाँ गएर बुटीसमेत बाँधिन । ‘एकजना बैद्यले फुकेर खरानी
दिए,’ उनले भनिन् ‘महिनादिनसम्म पानी खाएँ, तर केही
सुधार भएन् ।’
सुधार भएन् ।’
उनका श्रीमान मानसिक स्वास्थ्य विशेषज्ञ
विश्ववन्धु शर्माले डिप्रेसनको औषधि खान सल्लाह दिएका थिए । ‘मलाई पागल
भन्ने भनेर श्रीमानसँगै झगडा गरें ।’ एक कार्यक्रममा आफू पहिले मानसिक
समस्यामा परेको उल्लेख गर्दै उनले भनिन्, ‘त्यसपछि जाँच गराउँदा छ
महिनासम्म डिप्रेसनको औषधि खानुपर्र्यो पछि पूरै ठीक भयो ।’
उनका अनुसार कतिबेला मानसिक समस्या सुरु
हुन्छ भन्ने थाहै हुँदैन । विशेषगरी बच्चा जन्मिसकेपछि महिलामा कुनै न कुनै
किसिमको मानसिक समस्या हुने गरेको छ । कतिपयले त्यो समस्या थाहौ पाउँदैनन
भने कतिपय महिलाले नभनेरै केही समयपछि ठीक हुने गरेको कान्तिपुर दैनिकमा
खबर छ । ‘म बच्चा जन्मेपछि मानसिक समस्यामा परे पनि २५ वर्षपछि भने साहस
गरें ।’
विश्व स्वास्थ्य संगठन गरेको अध्ययन अनुसार नेपालको १५ प्रतिशत जनसंख्या विभिन्न खाले मानसिक समस्याबाट ग्रसित रहेको छ ।
No comments:
Post a Comment