११ असोज, डडेल्धुरा । संविधानसभा चुनावको
सुरक्षामा खटिने म्यादी प्रहरीका लागि चुनाव बहिष्कारको नीति दिएको
नेकपा-माओवादीका कार्यकर्ताले धमाधम फारम भरिरहेका छन् । जिल्ला प्रहरी
कार्यालयमा बैद्य माओवादीका कार्यकर्ताले लाइन लागेर फारम भरेका थिए ।
‘फारम भरिरहेका छन्, रोक्न कसैलाई पनि
मिल्दैन्,’ जिल्ला प्रहरी प्रमुख कृष्ण प्रसाइले भने, ‘अञ्चल कार्यालयबाट
छनोट हुने भएकाले अनुसन्धान हुन्छ ।’ बिहीबार
जिल्ला कार्यालयमा एकसय ५६ जनाले फारम बुझाएका छन् ।
जिल्ला कार्यालयमा एकसय ५६ जनाले फारम बुझाएका छन् ।
गाउँ गाउँबाट आएका माओवादी कार्यकर्ताले
धमाधम म्यादी प्रहरीमा फारम भर्न थालेको स्थानीयले बताएका छन् । ग्रामिण
क्षेत्रमा चिनिएका बैद्य माओवादीमा अधिकांश कार्यकर्ताले फारम भरेको नागरिक
दैनिकमा खबर छ । संविधानसभा चुनावको सुरक्षामा डडेल्धुरा जिल्लामा दुईसय
४८ म्यादी प्रहरी खटाउने योजना छ ।
No comments:
Post a Comment