Thursday, September 26, 2013

‘कम्बल के नीचे’ बोलको आइटम गीतमा देखिदै मनिषा

manisha-koirala-in-kachi                        नायिका मनिषा कोइरालालाई अब चलचित्रको पर्दामा आइटम नृत्य गर्दै गरेको अवस्थामा देखिनेछ । भारतिय चर्चित अनलाइन पत्रिका दैनिक भाष्करका अनुसार मनिषा सुभास घइले निर्देशन गरिरहेको चलचित्र ‘कांची’मा समावेश ‘कम्बल के नीचे’ बोलको गीतमा देखिदैछिन् ।
                         यो गीतमा मोहन दिदी बहिनी नीति र शक्तीलाई मुख्य रुपमा देखाइने छ । सुभाष घइले यो सिनेमामा आफ्नो अघिल्ला चलचित्रमा नायिका रहिसकेका मनिषा कोइराला, महिमा चौधरी, ईशा सेरवानी, परिजाद जोराबेनलाई पनि नृत्य
गराउँदै छन् । यो गीतमा उनीहरुको विशेष प्रस्तुती हुने बताइएको छ ।
                           सुवास घईले यो बिषयमा कुरा गर्दै भनेका छन्, ‘यो गीत मेरो लागि निक्कै प्रतिक्षामा छ किनकी यसमा मैले मेरो सिनेमाका अनुभवी हिरोइनहरुसँग काम गर्दैछु ।’ गीतमा चलचित्रकी नायिका मिष्ठीको साथ ५० कोरसहरु हुनेछन् । गीतमा ऋषि कपुर र मिथुन चक्रवर्ती पनि देखिदैछन् । यो चलचित्र डिसेम्बर ६ तारिखमा हलमा लाग्दैछ । घइले यसअघि तयार पारेको ‘चोली के पिछे क्या हे’ बोलको गीत अहिले पनि चर्चामा छ ।

No comments:

Post a Comment