Tuesday, October 1, 2013

जेलबाटै खुमबहादुरले भने- ‘शिला चुनाव लडि्दनन्’

Khum-bdr               १५ असोज, काठमाडौं । भ्रष्टाचारको अभियोगमा डिल्लीबजार जेलमा रहनुभएका नेपाली काँग्रेसका नेता खुमवहादुर खड्काले आफ्नी श्रीमती शिला खड्का चुनाव नलड्ने घोषणा गर्नुभएको छ ।
                    दाङ क्षेत्र नम्बर १ वाट प्रत्यक्ष तर्फको काँग्रेस उम्मेदवार बन्नुभएकी शीलाको उम्मेदवारी फिर्ता गरिएको भन्दै खड्काले जेलबाटै मंगलबार विज्ञप्ति जारी गर्नुभएको छ । खड्काले पार्टीकातर्फवाट उम्मेदवारीका सन्दर्भमा देशव्यापीरुपमा भेदवभाव गरिएको, वीपी कोइरालाको विचारसँग वर्षौँदेखि प्रतिवद्ध रहेका कार्यकर्तालाई पार्टीको तर्फवाट उम्मेदवारी बन्नबाट बञ्चित गरिएको भन्दै श्रीमती शिला गौतम खड्कालाई प्रत्यक्षतर्फ दिइएको उम्मेदवारी फिर्ता गरिएको
खुमबहादुरले बताउनुभएको छ ।
                खड्काले आफू काँग्रेको आदर्श, सिद्धान्तप्रति प्रतिवद्ध र दुख पाएका सम्पूर्ण होनहार कार्यकर्ताहरुको भावनाको पक्षमा सदा उभिइरहने जानकारी समेत विज्ञप्तिमार्फत गराउनुभएको छ । नेता खड्काले अन्यायपूर्ण तवरवाट पार्टीका उम्मेदवारीवाट बञ्चित भएकाहरुलाई पार्टीमा रहेर नै संघर्ष गर्न समेत अनुरोध गर्नुभएको छ । गतवर्ष भदौ ३ गते भ्रष्टाचारको अभियोगमा जेल पर्नुभएका खड्का असोज २२ गते जेल मुक्त बन्दै हुनुहुन्छ ।
                          यसअघि नेता खड्काले जेलवाटै आफ्ना पक्षका नेताहरुलाई उम्मेदवार बनाउन दबाब दिएको चर्चासमेत चलेको थियो । खड्काले जेलवाटै आफ्ना नेताहरुलाई टिकट नदिए सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा लगायतका नेताहरुविरुद्ध नै उत्रने चेतावनी दिएका खबरहरु बाहिर आएका थिए । यस्तै दाङ क्षेत्र नम्बर १ पत्नी शिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउन दबाब दिएको भन्दै क्षेत्रिय नेताहरु समेत असन्तुष्ट भएका थिए । खड्काकी श्रीमती शिलालाई खड्का पक्षधर नेताहरुले जबरजस्ती प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको भन्दै स्थानीय नेताहरुले विरोध जनाएका थिए ।

No comments:

Post a Comment