Tuesday, October 1, 2013

प्रचण्डपुत्र प्रेमी बिनाले टिकट पाएकै ठाउँमा पार्टी संयोजकद्धारा राजीनामा

                     असोज १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाशकी प्रेमिका बिना मगरलाई पार्टीले कञ्चनपुर क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ टिकट दिएको छ ।
              बिनालाई टिकट दिएलगत्तै कञ्चनपुरमा भने विवाद सिर्जना भएको छ ।
त्यहाँ पार्टी केन्द्रिय सदस्य समेत रहेका कंचनपुर जिल्ला संयोजक खडक वस्नेतले राजीनामा दिएका छन् ।
               कंचनपुर क्षेत्र नम्बर १ का लोकप्रिय नेता मानिने उनले के कारणले राजीनामा दिएको भन्नेबारे खुलाइएको छैन । तर स्रोतका अनुसार उनले बिनालाई टिकट दिएपछि पदबाट राजीनामा दिएका हुन् । बिनालाई एमाओवादीले प्रत्यक्ष तर्फ टिकट दिएको हो ।

No comments:

Post a Comment